Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : प्रचण्डलाई धोका दिएर सुशील गयल, संयन्त्रले माखो मारेन

Monday, 27 May 2013

प्रचण्डलाई धोका दिएर सुशील गयल, संयन्त्रले माखो मारेन

१३ जेठ, काठमाडौ । कांग्रेस सभापति सुशील कोइराला उपस्थित नभएपछि उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बिना निश्कर्ष स्थगित भएको छ । थ्रेसहोल्ड लगायत निर्वाचन कानुनमा सहमति कायम गर्न बोलाइएको संयन्त्रको बैठक सुशील गयल भएपछि औपचारिक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।
बैठकमा पुगेका उपसभापति राममन्द्र पौडेलले सभापतिको तर्फबाट आफू आएको बताएपनि माओवादी अध्यक्ष प्रचण्डले कोइराला नै चाहिने बताएपछि बैठक सकिएको हो । बुधवार बिहान पुनः बस्नेगरी बैठक सकिएको एमाले नेता रघु पन्तले बताए ।
तीन दिनभित्र निर्वाचन मिति घोषणा गर्ने बताएका दलहरूबीच निर्वाचन कानुनमा सहमतिको प्रयास स्वरूप बैठक बसेको थियो ।


No comments :

Get Widget