
 जेठ, दाङ । तीन वर्ष अगाडि धन कमाउन भन्दै साउदी अरब पुग्नुभएका सिसहनिया गाविस वडा नं ३ ईखबहादुर नेपालीले घर फर्केपछि अहिले केराखेती सुरू गरका छन् । 
साथीहरूको लहैलहमा लागेर धेरै पैसा कमाउन विदेश पुगेका उनले त्यहाँ सोचेजस्तो आम्दानी गर्न नसकेपछि अहिले स्वदेशमा फर्केर आयआर्जनको लागि केराखेती सुरू गरेको बताएका छन् । 
अहिले उनले आफ्नो घर बाससँग जोडिएको करिब एक बिघा जग्गामा व्यावसायिक रूपमा केराखेती सुरू गरेका छन् । केराखेतीसँगै उनीसँग बाख्रा पाल्ने योजना पनि छ । आफू विदेशमै छादा त्यहाँ गर्नु परेको पीडाले स्वदेशमा गएर कृषि काम गर्ने सोच पनि आएको हुँदा अर्को वर्ष बाख्रापालन पनि गर्ने उनले बताए ।
"यसपटक थोरै जग्गामा केराखेती गरेको छु, तर आगामी वर्ष धानखेती हुने खेतमा पनि केराखेती गर्छु", उनले भने ।
विदेशमा गरेको जस्तो श्रम आफ्नै ठाउँमा गरेको भए यहीँ नै धेरै कमाइ हुने थियो भन्दै उनले विदेशमा भोगेको दुःख पीडा अझै मानसपटलमा ताजै रहेको बताए ।
विदेशमा गरेको जस्तो श्रम आफ्नै ठाउँमा गरेको भए यहीँ नै धेरै कमाइ हुने थियो भन्दै उनले विदेशमा भोगेको दुःख पीडा अझै मानसपटलमा ताजै रहेको बताए ।
उनले थपे, "त्यही पीडा भुलाउन र स्वदेशमा नै पैसा आर्जन गर्न अहिले घरपरिवारका सदस्यसागै घरमा बसेर व्यावसायिक केराखेती अँगालेको हुँ ।"
उनले केराखेती गरेपछि गाउँका अन्य किसानहरूले पनि करिब १५ बिघा जग्गामा केराको व्यावसायिक खेती सुरू गरेका छन् ।
आफूले अब विदेश नजाने निधो गरेको बताउँदै उनी अरूलाई पनि स्वदेशमा नै सीप सिकेर कुनै व्यवसायमा लाग्न सुझाव दिन्छन् । रासस
 
 
 
 
No comments :
Post a Comment