 'नायिका निशा अधिकारी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो नेपाली नायिका भएकी छिन् । निशाले मंगलबार  सफल सगरमाथा आरोहण गरेकी हुन् ।'
'नायिका निशा अधिकारी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो नेपाली नायिका भएकी छिन् । निशाले मंगलबार  सफल सगरमाथा आरोहण गरेकी हुन् ।''काठमाण्डौँबाट हिँडेको डेढ महिनापछि सगरमाथाको शिखरमा पुगेकी निशा आज बिहान काठमाण्डौ आइपुगेकी छिन् । उनलाई स्वागत गर्नको लागि चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, लक्ष्मी गिरी, आकाश खवास सहितको टोली एयरपोट पुगेका थिए ।'
'आज बिहान ११ ३० बजे नेपाल ल्याण्ड गरेकी निशाको स्वातगको लागि चलचित्र पत्रकार संघका भूपू अध्यक्ष शान्ति प्रिय पनि एयरपोट पुगेका थिए । शान्तिप्रिय निशाको भिनाजु हुन् ।'
'स्वागतका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निशाले सगरमाथा आरोहण गर्न त्यति सजिलो नभएको बताएकी हाम्रा संवाददाता दिपेश राजथारुले बताएका छन् ।'
'सगरमाथाको चुचुरोमा कलाकार संघको झण्डा समेत फहराएर आएकी निशाको दाहिले गालामा चोट लागेको छ । अक्सिजनको कमी हुदाँ कृतिम अक्सिजन लिनुपर्दा उनको गालामा चोट लागेको हो ।'
 
 
 
 
No comments :
Post a Comment