Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : चीनले भारतीय मन्त्रीलाई बनायो विचल्ली

Saturday, 4 May 2013

चीनले भारतीय मन्त्रीलाई बनायो विचल्ली


२१ बैशाख, एजेन्सी । भारतका विदेश मन्त्री सलमान खुर्सिदले गर्ने भनिएको चीन भ्रमण अन्यौलमा परेको छ ।
मन्त्री खुर्सिदले आगामी मे ९ मा गर्ने भनिएको चीन भ्रमणका सम्बन्धमा चीनले कुनै चासो नदेखाएपछी भारत सरकारले खुर्सिदको चीन भ्रमण रद्ध गर्न सक्ने बताइएको छ । चीनले खुर्सिदको चीन भ्रमणका विषयमा कुनै प्रतिक्रिया नदिएको र मिति र भ्रमणका बारेमा कुनै चासो नदिएका कारण खुर्सिदको चीन भ्रमण अन्यौलमा परेको छ ।
गत १५ अप्रिलदेखी भारतको लद्धाखमा चीनीयाँ सेनाले सिमा मिचेर २० किलोमिटर भित्र भारतमा छिरेर क्याम्प नै खडा गरेर बसेपछी भारत अहिले निकै तनावमा रहेको छ भने सोही विषयलाई लिएर मन्त्री खुर्सिद चीन भ्रमणका लागी जाने तयारीमा थिए तर चीनले भ्रमणका विषयमा खासै चासो नदिएपछी उनको भ्रमणलाई रद्ध गर्ने या नगर्ने भन्ने विषयमा सरकारमा तिव्र छलफल चल्न थालेको छ ।
भारत सरकारका केही सदस्यले केही दिन हेर्ने र चीनले त्यसभित्र पनि कुनै चासो नदेखाए खुर्सिदको भ्रमण रद्ध गर्ने सल्लाह पनि दिएका छन् ।
स्रोतहरूका अनुसार अहिले तेहरानमा रहेका खुर्सिदलाई चीनले त्यति नरूचाएका कारण पनि चीनले उनको भ्रमणका विषयमा त्यस्तो चासो नदिएको बताइएको छ । हुन त खुर्सिदले लद्धाखमा रहेका चीनीयाँ सेनाका विषयमा भएका वार्ता सकारात्मक हुन नसकेको कारण पनि चीनले वेवास्ता गरेको हुन सक्ने बताएका थिए तर स्रोतहरूका अनुसार खुर्सिदलाई नै चीनले त्यति नरूचाउने भएका कारण पनि चीन भ्रमणका लागी खुर्सिदको समय र मितिबारे कुनै प्रतिक्रिया नदिएको हो ।
मन्त्री खुर्सिदले हरेक प्रेस मिटिङमा आफू ९ मे मा बेइजिङ उड्ने बताउने गरेका छन् तर चीनले उनको भ्रमणको मितिबारे कुनै जवाफ नदिएर उनको भ्रमण अन्योलमा पारिदिएपछि खुर्सिद खिस्रिक्क परेका छन् ।
त्यसो त भारतले नेपाली नेताहरूसँग चीनसँग आफ्नो सम्बन्ध राम्रो रहेको र नेपालले चीनसँगको सम्बन्धका लागि कुनै सहयोग गर्नु नपर्ने बताएको थियो । तर, अहिलेको अवस्था हेर्दा लाग्छ भारतको सम्बन्ध चीनसँग निकै नाजुक छ । एक विदेश मन्त्रीलाई समेत भ्रमणको लागी प्रतिक्रिया नदिनुले भारत-चीन सम्बन्ध कस्तो छ भन्ने प्रष्ट पारेको छ ।

No comments :

Get Widget