Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : स्विच अन गरेर गाडीको लम्बाई बढाउनुस्, अफ गरेर घटाउनुस्…(फोटोसहित

Tuesday, 28 May 2013

स्विच अन गरेर गाडीको लम्बाई बढाउनुस्, अफ गरेर घटाउनुस्…(फोटोसहित

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

अहिलेको युग विज्ञान प्रविधीको युग हो । हामीले कल्पनासम्म पनि गर्न नसकेका प्रविधीहरूको विकास भएको छ । हामीले सायद कहिल्यै कल्पना नगरेका त्यस्ता केही प्रविधीहरु पनि होलान् जुन हामीबाट धेरै टाढा छ अर्थात् हामीलाई त्यसबारे कुनै जानकारी छैन् ।amazing_car_that_become_large_on_switch_on
विज्ञान प्रविधीको खोजले मानिसलाई एक ग्रहदेखी अर्को ग्रहसम्म पुर्याउन सक्ने भइसकेको छ । हामी पृथ्वीमा बसेर मंगल ग्रहको बारेमा जानकारी समेत लिने गर्छौ । हामी एक ठाऊँमा बसेर विश्वका विभीन्न ठाऊँमा भइरहेका घटनाबारे समेत जानकारी लिन्छौ, भने हामी सहजै एक ठाऊँबाट अर्को ठाऊँको यात्रा समेत गर्छौ ।
यात्राका क्रममा हामीले प्रयोग गर्ने बसहरु पनि थरी-थरीका हुन्छन् । केही ठुला त केही साना बसका साथै निकै सुविधायुक्त देखी केहि सुविधा नभएका बसहरू समेत हामीले देख्ने गरेका छौ ।
यहाँ हामीले देखाउन लागेको बस भने निकै फरक छ सायद तपाईले यो भन्दा अगाडि यस्तो बस देख्नु भएको छैन् । यो बसलाई स्विच अन गरेर लामो बनाउने र स्विच अफ गरेर छोटो समेत बनाउन सकिन्छ ।
यो बसमा पाँच जना अटाउँछन् र आवश्यकता अनुसार लामो बनाएर सुत्न मिल्ने सम्मको समेत बनाउन सकिन्छ । यदी कुनै दुर्गम ठाऊँ जहाँ बस्ने ठाऊँको कमी हुन सक्छ त्यस्तो ठाऊँमा पनि यो बस निकै उपयोगी हुन्छ । यो बसको भित्रि भाग पनि निकै आरामदायी छ । यसमा आरामदायी सुत्न मिल्ने तथा सहजै बस्न मिल्ने सिटहरू छन् । यस्तै, खाना, चिया बनाउनका लागी समेत बसभित्र नै व्यवस्था छ । भान्साको काम समेत बस भित्र नै गर्न सकिन्छ ।
यसरी सबै काम बस भित्रै गर्न सकिने र आवश्यकता अनुसार बढाउन र घटाउन मिल्ने खालको बस सायदै हामीले देखेका थियौ ।
हेरौ उक्त बसका केही तस्विरहरू…
amazing_car_that_become_large_on_switch_on2amazing_car_that_become_large_on_switch_on1amazing_car_that_become_large_on_switch_on4amazing_car_that_become_large_on_switch_on3

No comments :

Get Widget