जेठ,काठमाडौ। सय बर्षपछिको नेपाल भन्दै फेसवुकमा धेरै नेपालीले पुल माथीको फराकिलो मनमोहक बाटोको तस्विरलाई धेरैले शेयर गसिसकेका छन । अब यस्तो बाटोमा हिडन नेपालीले सयबर्ष कुर्नु पर्दैन, पाँच बर्ष कुरे मात्र हुन्छ । राजधानी काठमाण्डौलाइ तराइसंग जोडने द्रुत मार्ग (फाष्ट ट्रयाक) तस्वीरमा देखिएको विदेशको वाटो भन्दा आकर्षक हुनेछ ।
पाँच बर्षभित्रमा निर्माणाधीन फाष्ट ट्रयाक सम्पन्न भएपछि सात घण्टाको दुरीलाइ डेढ घण्टामा ल्याइ पुर्याउने छ । काठमाण्डौ देखी बाराको निजगढ जोडने बहुप्रतिक्षीत फाष्ट ट्रयाक सन् २०१८ सम्ममा बनिसक्नेछ । फाष्ट ट्र्याक समयमै सम्पन्न भएमा इन्धनमा भइरहेको बार्षिक करोडौ रुपैया बच्नेछ, ढुवानी लागत सस्तो पर्नेछ ।
माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ साल कात्तिक २३ मा शिलन्यासगरी द्रुत मार्गको ‘ट्र्याक’ खोल्ने काम नेपाली सेनालाइ दिएपछि फाष्ट ट्र्याकले आकार लिइसकेको छ । ७६ किमि मध्ये ललितपुरको खोकाना बाहेकको ठाउमा ट्र्याक खन्ने काम सम्पन्न भइसकेको छ । तर धेरै पूल हुने भएका कारण ट्रयाक खुलेको रोडमा गाडी गुडन सक्दैनन ।
अन्तराष्टिय मापदण्डको फाष्ट ट्र्याक घुमाउरो नहुने भएका कारण ठूला पडाड र कडा चट्टान आएपनि त्यसलाइ छिचोलेर अगाडि बढ्नु पर्ने बाध्यताका कारण केही ठाउमा सुरुङ बनाउने काम भइरहेको छ । अन्य सडक र राजमार्ग औषतमा १२ प्रतिसत सम्म उकालो बनाइएपनि फाष्ट ट्र्याकमा औषत ४ प्रतिसत हुनेछ, सोही कारण कयौ स्थानमा पहाडलाइ ‘बक्स कटिङ’ गर्नु परेको छ ।
निकै ठूलो बजेट, ठेक्का पाउन अन्तराष्टिय लविङ
सरकारले फाष्ट ट्र्याक निर्माण संचालन तथा हस्तान्तरण (बुट) मोडालिटिमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । निर्माण गर्ने कम्पनीले बुट अन्तरगत फाष्ट ट्र्याक प्रयोग गर्ने सवारी साधनवाट रकम असुली २५ बर्षसम्म संचालन गर्नेछ । ट्र्याक खोल्ने काम सम्पन्न भएपछि ग्लोबल टेण्डर मार्फत प्रस्ताव आह्वान (एक्प्रेसन अफ इन्ट्रेष्ट) इओआइ गरिने छ । ग्लोबल टेण्डरगर्न चार महिनाको समय लाग्नेछ । यी प्रक्रिर्या पूरा गरेपछिमात्र सरकारले कुनै कम्पनीलाइ बुट अन्तरगत निर्माणको जिम्मा लगाउने छ ।
झण्डै ८० अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणको जिम्मा कस्लाइ लगाउने भन्ने निर्णय गर्न राष्टिय अन्तराष्टिय दवाव आउन सक्ने अधिकारीहरुले आकलन गरेका छन । नेपालमा ठूला आयोजना निर्माणमा देखिएको चिनियाँ कम्पनीको चासो तथा आफ्नै सीमासंग नेपालको राजधानी जोडने रणनीतिक मार्गको निर्माण र संचालका लागि भारतले आफ्नै देशका कप्पनी मार्फत काम गर्न खोज्यो भने निर्णय गर्न कठिन हुने आँकलन अधिकारीहरुले गरेका छन ।
काठमाण्डौ तराइ फाष्ट ट्र्याक निर्माणको लागि रिलायन्स इण्डिया, ल्याण्ड मार्क वल्ड वाइड कम्पनी कोरियाले रुची देखाएका थिए । कोष्टाल प्रोजेक्ट लिमिटेड नामक भारतीय कम्पनी र आर्को एक जर्मनको कम्पनीले पनि फाष्ट ट्र्याक निमाणका लागि अहिलै देखी रुची देखाएका अधिकारीहरु बताउछन ।
कस्तो हुन्छ सडकको संरचना ?
२२ मिटर फराकिलो चार लेनको फाष्ट ट्र्याकमा सवारी चलाउदा चालकले विकसित देशको सडकको अनुभभुती गर्नेछन । तराइदेखी काठमाण्डौसम्म सयरगर्दा गाडिको गियर सम्म चेन्ज गर्नुपर्ने छैन, यात्रुलाइ घुम्तीको अनुभव समेत हुने छैन । नेपालका अन्य राजमार्ग र सडक औसत १२ प्रतिसत गे्रडको उकालो हुने भएपनि फाष्ट ट्र्याकको औषत गे्रड साढे चार प्रतित मात्र हुनेछ ।
सडक इन्जिनियर दिनेशकुमार बस्नेत भन्छन–‘प्रतिघटा १२० किलोमिटरको गतिमा गाडि चलाउन सकिन्छ, तीन किलोमिटर टाढाको गाडी चालकले देख्नेछ ।’
७६ किलोमिटर लामो सडकको तीन ठाउमा मात्र निकाश हुनेछ, बस्ति भएको अधिकाशं स्थानमा दुवै तर्फ पर्खाल लगाइने छ । काठमाण्डौवाट फाष्ट ट्र्याकमा प्रवेश गरेको गाडि हेटौडाको लिंक रोड वा निजगढमा मात्र निस्कन पाउने छ ।
सडक इन्जिनियर दिनेशकुमार बस्नेत भन्छन–‘प्रतिघटा १२० किलोमिटरको गतिमा गाडि चलाउन सकिन्छ, तीन किलोमिटर टाढाको गाडी चालकले देख्नेछ ।’
७६ किलोमिटर लामो सडकको तीन ठाउमा मात्र निकाश हुनेछ, बस्ति भएको अधिकाशं स्थानमा दुवै तर्फ पर्खाल लगाइने छ । काठमाण्डौवाट फाष्ट ट्र्याकमा प्रवेश गरेको गाडि हेटौडाको लिंक रोड वा निजगढमा मात्र निस्कन पाउने छ ।
ललितपूरको सिमादेखी मकवानपुरको केही विकट पहाडि भेगमा बाग्मती वारी पारि दुइ लेनको बाटो बनाउनु पर्ने निश्कर्षमा आयोजना पुगेको छ । पर्यावरणमैत्री बनाउन फाष्ट ट्र्याकको दायाँ बायाँ रुख रोप्ने योजना छ । बारा र मकवानपुर जिल्लाको विभिन्न स्थानमा रुख कटान भएकोमा सेनाले खाली ठाउमा वृक्षा रोपण गरेको छ ।
निर्माण सम्पन्न नहुन्जेल फाष्ट ट्र्याकका लागि खनिएको वाटो प्रयोगमा आउने छैन, किन भने पुल बनाउनुपर्ने अधिकाशं खोला र खोचमा बाटो खनिएको हुदैन । निर्माण गर्ने कम्पनीलाइ जिम्मा नलगाएसम्म यसको सुरक्षा र संरक्षणमा उल्टै खर्च हुनेछ । दूत्र मार्गको बिच मकवानपुरको ठिंगन गाबिसको गंगटेदेखी रातोमाटेसम्म १ दशमलव ३५ किलोमिटर सुरुङ पर्नेछ । ढिलो चाडो फाष्ट ट्र्याक बन्नेछ, यसकालागि आबस्यक छ–राजनीतिक स्थिरता र लगानीको वाताबरण ।
नबन्ने खतरा पनि छ
फाष्ट ट्रयाक निर्माणको काम सुरु भएपछि चर्चामा आएको काठमाण्डौ हेटौडा सुरुङ मार्ग निर्माणको जिम्मा लगाइसक्दा फाष्ट ट्रयाकको काम अलपत्र जस्तैछ । निजि क्षेत्रले सुरुङमार्ग निर्माणको काम सुरु गरिसक्दा फाष्ट ट्रयाकको काम अलपत्र जस्तैछ । फाष्ट ट्रयाक निर्माणमा संलग्न एक सरकारी अधिकारी हेटौडा काठमाण्डौ सुरुग मार्गलाइ देखाएर फाष्ट ट्रयाक नबनाउने खतरापनि रहेको बताउछन । यद्यपी विगतमा संसदीय समितिले अनुगमन गरेको फाष्ट ट्रयाक बनाउने निर्णयवाट फर्कीने निर्णय गर्न कुनैपनि सरकारलाइ सहज छैन ।
भौतिक योजना मन्त्रालयका सचिव तुलसी सिटौला, नेपाली सेना लगायत सरकारी अधिकारीहरुले द्रुतमार्गको पछिल्लो अबस्थावारे स्थलगत अबलोकन गरेका छन । उनले निर्माणका लागि टेण्डर प्रक्रिर्या सुरु गरिने बताएका छन ।
No comments :
Post a Comment