Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बादल गर्जिए,'जनयुद्धका हतियार खोज्न प्रचण्डकोमा जानु'

Monday, 6 May 2013

बादल गर्जिए,'जनयुद्धका हतियार खोज्न प्रचण्डकोमा जानु'


२३ बैशाख, काठमाडौ । नेकपा माओवादीले सशस्त्र युद्धका क्रममा जम्मागरिएका कुनैपनि हतियार आफूहरुसंग नभएको दावी गरेको छ । हतियार बुझाउन सरकारले दिएको समयसीमा सकिनै लाग्दा माओवादीले आफूहरुसंग कुनै हतियार नभएको स्पष्टीकरण दिएको हो ।
माओवादी सचिव रामबबहादुर थापाले आज एक विज्ञप्ती प्रकाशितगरी युद्धकालीन हतियार सबै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको जिम्मामा भएको बताउनु भएको हो । 'के कति हतियार बुझाइयो र बुझाइएन भन्ने कुराको जिम्मेवार स्वंम एकीकृत माओवादीका अध्यक्ष भएको व्यहोरा जानकारी गराइन्छ, थापाले विज्ञप्तीमा भन्नुभएको छ ।
यसअघि सरकारले वैशाख मसान्त भीत्रमा युद्धकालीन हतियार र्फीर्तागर्न माओवादीको ध्यानाकर्षा गराएको थियो । सरकारी सुरक्षा निकायले भने माओवादी नेतासंग दर्जन भन्दा बढि आधुनिक हतियार भएको दावी गरेका छन् ।
badal-ko-press-release

No comments :

Get Widget