Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : भारतमा उत्पादन बढेपछि नेपालमा चिनीको मूल्य घट्यो

Thursday, 30 May 2013

भारतमा उत्पादन बढेपछि नेपालमा चिनीको मूल्य घट्यो




१६ जेठ, काठमाण्डौं । अन्तर्राष्ट्रिय बजारमै चिनीको उत्वादन अत्यधिक हुँदा मूल्य घटेको छ । नेपालमा समेत गत बर्षभन्दा २२ हजार क्विन्टल चिनी उत्पादन बढेपछि मूल्य ओरालो लागेको छ ।
गत सातासम्म कारखाना मूल्य प्रतिकिलो ६६ रुपैयाँबाट घटेर ६२ रुपैयाँ भएको नेपाल चिनी उत्पादनक संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए । उनका अनुसार भारतमा समेत अत्यधिक चिनी उत्पादन भएपछि मूल्य खस्किएको हो ।
यो बर्ष उत्पादन बढेपछि भारत सरकारले चिनी निर्यात खुला गरेको छ । यससँगै यहाँ चिनीको मूल्य घटेर प्रतिकिलो ५१ रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा भन्दा भारतमा मूल्य कम भएपछि त्यहाँबाट तस्करी बढेको अग्रवालको भनाई छ ।
ब्राजिल, थाइल्यान्ड, बंगलादेश र भारत विश्वकै ठूला चिनी उत्पादक हुन् । यी सबै मुलुकमा यो बर्ष चिनी उत्पादन अत्यधिक भएकाले मूल्य अझैं घट्ने अग्रवालको अनुमान रहेको कारोबार दैनिकमा खबर छ ।

No comments :

Get Widget