Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कालिगण्डकीको किनारमा विमान खस्यो, भगवानले हात थपे, सबै सकुशल

Thursday, 16 May 2013

कालिगण्डकीको किनारमा विमान खस्यो, भगवानले हात थपे, सबै सकुशल

२ जेठ, । नेपाल एयरलाइन्सको एक विमान कालिगण्डकी नदीमा खसेको छ । पोखराबाट जोमसोमका लागी उडेको नेपाल एयरलाइन्सको नाइन एन एविओ ट्विनअटर विमान दुर्घटना हुँदा चालक दलसदस्यसहित ५ जना घाइते भएका छन् । उक्त विमानमा १८ जना रहेको बताइएको छ । 
जानकारी अनुसार उक्त दुर्घटना आज बिहान सवा ८ बजे भएको थियो । उक्त विमानमा ८ जना जापानी र १० जना नेपाली नागरिक रहेको बताइएको छ । 
विमानमा कुनै गडबडी नआएको र आगलागी नभएको बताइएको छ । गम्भीर घाइते भएका ५ जनालाई पोखराबाट गएको तारा एयरको जहाजबाट पोखरा लगिँदै छ ।
विमान दुर्घटना हुँदा पनि कसैको मृ्त्यु नहुनु निकै आश्चर्यका रूपमा हेरिएको छ । जोमसोमका लागि उडेका विमानमा रहेका यात्रुहरूलाई मुक्तिनाथले बचाएको समेत स्थानीयबासीको धारणा रहेको छ । 
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

No comments :

Get Widget