फेसबुकलाइ लाग्यो ठुलो धक्का
अमेरिकाको शिकागोमा रहेको सानो कम्पनी टाइमलाइनले फेसवुकलाई आफ्नो ट्रडमार्क शब्द 'टाइमलाइन्' प्रयोग गरेको भन्दै अदालतमा मुद्धा हालेको थियो।
टाइमलाइन कम्पनीले सन २००९ मा timelines.com खोलेको थियो, त्यसको दुइ वर्षपछि मात्र फेसबुकले एउटा मुख्य फिचरको रुपमा टाइमलाइन्सको घोषणा गरेको थियो । फेसबुकले टाइमलाइनको घोषणा गरेको हप्ता दिनमै टाइमलाइन नामक कम्पनीले मुद्धा दायर गरेको थियो। तर फेसबुकले शिकागोका फेडरल जज सामु उक्त मुद्धा चलाउने नमिल्ने र टाइमलाइन निकै प्रचलित शब्द भएकाले कसैको ट्रेडमार्क हुनै नसक्ने दावी गर्दे उक्त मुद्धा खारेज गर्न आग्रह गरेको थियो।
तर अमेरिकी जज जोन डराहले फेसबुकको आग्रह अस्विकार गर्दै मुद्धा चलाउन मिल्ने निर्णय सुनाएका छन। जज जोनले फेसबुक स्वयम पोक र लाइक जस्ता आफ्नो ट्रेडमार्क जोगाउन अदालतमा संघर्षरत रहेको सन्दर्भमा टाइमलाइनको विषयमा मुद्दा चलाउन सकिने बताएका हुन्।
No comments :
Post a Comment