Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : मञ्चमै हतियार बुझाएर भूमिगत समूहका नेता कांग्रेस प्रवेश

Monday, 8 April 2013

मञ्चमै हतियार बुझाएर भूमिगत समूहका नेता कांग्रेस प्रवेश


२६ चैत, नवलपरासी । शसस्त्र भूमिगत संगठनका एक नेता नेपाली काँग्रेस महासमिति वैठकको उद्घाटन समारोह चलिरहेका वेला मञ्चमै हतियार वुझाएर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नवलपरासी जिल्ला सभापति देवेन्द्रराज कँडेलको पहलमा भूमिगत संगठनका एक नेता नेपाल सरकारका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकलाई हस्तान्तरण गरी पार्टी प्रवेश गरेका हुन् । उनले मञ्चमै आफूसंग रहेका थ्री नट थ्री हतियार एक थान, १२ बोट पेस्तोल २ थान, थ्री नट थ्रीका चार वटा गोली, र १ म्याग्जीन हतियार मञ्चमै प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।
यस्तै नेकपा-माओवादीका नेतासहित अन्य पाँच सय कार्यकर्ता पनि सोमवार नै काँग्रेसमा पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी सभापति सुशील कोइरालाले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश गर्नेहरुमा नवलपरासी गोलुवाका माओवादीका नेता भूमेश्वर महतो, लगायत पाँच सय कायकर्ता रहेका छन् ।

No comments :

Get Widget