Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : त्तर कोरियाले अमेरिका र दक्षिण कोरियासंग राख्यो यस्तो शर्त..

Wednesday, 24 April 2013

त्तर कोरियाले अमेरिका र दक्षिण कोरियासंग राख्यो यस्तो शर्त..


१० वैशाख,एजेन्सी। कोरियाली प्रायद्धीपमा जारी तनाव साम्य पार्न हालसम्म वार्ताको संभावना देखिएको छैन्। यसैबिच उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासंग वार्ताको लागि शर्त राखेको छ। उत्तर कोरियाले आफूलाई परमाणु सम्पन्न देश घोषणा गर्ने माग राखेको छ। यसका साथै उत्तर कोरियाले परमाणु हतियार नष्ट गर्नेु पर्ने अमेरिकी मागलाइ पनि इन्कार गरेको छ । तर शर्त सहित नै भएपनि केही दिन यता दक्षिण कोरिया र अमेरिकामाथी परमाणु आक्रमण गर्ने चेतावनी दिइरहेको उत्तर कोरिया वार्ता लागि भने तयार भएको छ। 
उत्तर कोरियाको रोडोंग सिनमन पत्रिकाका अनुसार उत्तर कोरियाले परमाणु हतियार नष्ट गर्नु पर्ने अमेरिका र दक्षिण कोरियाको मागलाई अस्विकार गरिसकेको छ। पत्रिकाका अनुसार तीन देश बिच वार्ता हुने भए सवैलाई बराबरीको व्यवहार हुनु पर्दछ ।
उत्तर कोरिया कडा शर्तपछि भने अमेरिका क्रोधित बनेको बताइन्छ ।

No comments :

Get Widget