Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : उत्तर कोरियाद्वारा अमेरिकामाथि आक्रमण गर्न अनुमति

Monday, 15 April 2013

उत्तर कोरियाद्वारा अमेरिकामाथि आक्रमण गर्न अनुमति

उत्तर कोरियाले आफ्नो सेनालाई अमेरिका माथि परमाणु आक्रमण अनुमति दिएको छ। 

बीबीसीले जनाएअनुसार उत्तर कोरियाले सेनाले जारी गरेको विज्ञप्तिमा अमेरिकामाथि परमाणु आग्रमण गर्न निर्देशन दिइसकिएको छ । उत्तर कोरियाले अमेरिकाको आक्रमक नीति र परमाणुको कडा जवाफ फर्काउने बताएको हो । 



उत्तर कोरियाली सेनाले जारी गरेको यस्तो विज्ञप्तिसार्वजनिक भएसँगै स्थिति तनावपूर्ण बन्दै गएको छ । 

सेनाको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ‘कोरियाई प्रायद्धीपमा ‘आज वा भालि जहिले पनि युद्ध हुनसक्छ ।’ 

अमेरिकाले समेत जस्तोसुकै आक्रमणको पनि प्रतिकार गर्न आफू तयार रहेको बताइ सकेको छ । आफ्नो भूमिमाथि हुने आक्रमणको प्रतिकारका लागि अमेरिका सधैँ तयार भएको कुरा दक्षिण कोरिया भ्रमणका क्रममै अमेरिकी विदेश मन्त्री जोन केरीले सार्वजनिक गरि सकेका छन् ।

No comments :

Get Widget