Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बन्द गर्नुस् अश्लिल चलचित्र हेर्न, साथीले थाहा पाउलान् !

Thursday, 25 April 2013

बन्द गर्नुस् अश्लिल चलचित्र हेर्न, साथीले थाहा पाउलान् !

१२ बैशाख, एजेन्सी । एप्पलको आइ ५ र सामसुङको एन्ड्रोइडसँग प्रतिष्पर्धाका लागि ब्ल्याकबेरीले बजारमा ल्याएको नयाँ ब्ल्याकबेरी फोन जेड-१० स्मार्टफोन र क्यू-१० ल्याएको छ । 
उक्त स्मार्टफोनका लागि एउटा यस्तो एप्लिकेशन निर्माण गरेको छ, यदी तपाईले त्यो एप्स प्रयोग गर्नुभयो भने तपाईले हेर्नु भएका म्युजिक भिडियो, युट्युब भिडियो हेर्दै हुनुहुन्छ भने तपाईले हेरिरहेको त्यो भिडियोबारे तपाईका साथीलाई जानकारी दिनेछ । साथै, ती भिडियोहरू साथीहरुमाझ सहजै सेयर गर्न मिल्छ । यस्तै, तपाईले लुकेर अश्लिल चलचित्र हेर्ने गर्नुभएको छ भने पनि यसले तुरून्तै तपाईलाई साथिमाझ यो कुरा पुर्याइदिन्छ र साथिहरूले समेत तपाईले यस्ता अश्लिल भिडियो हेरेको थाहा पाउँछन् । 
यस्तै, घटना एक व्यक्तिमा घटेको समेत बताइएको छ । एक व्यक्तिले अश्लिल चलचित्र हेरिरहेको जानकारी साथीले पाएपछी उनका ती साथीले होसियार भनेर उताबाट मेसेज पठाएका थिए । मेसेज पठाउने ती व्यक्तिले थपेका छन् मेरो पनि विभीन्न कन्ट्याकहरू साथीमाझ पुगेको छ । त्यसैले ब्ल्याकबेरी चलाउनेहरूलाई होसियार हुन उनले आग्रह गरेका छन् ।

No comments :

Get Widget