११ वैशाख,काठमाडौ। भारत भ्रमणको लागि प्रचण्डले चार वर्ष यता खुब मेहेनत गरे। उनले भारतसँग सम्वन्ध सुधार्न उहिल्यै चाहेका थिए तर भारतले खासै वास्ता गरेन् । बिचमा उनले भारतलाई देखाउन भन्दै आफ्नै बलबुतामा एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकार समेत बनाए तर दाल गलेन।
प्रचण्डले आफूलाई भारतले निस्प्रभावी बनाउँदै लगेको महसुस गर्ने थालेका थिए। भारत विरुद्ध चाइन कार्ड प्रयोग गर्दा समेत स्थिति नफेरिएपछी भारतले विश्वास गरेका भनिएका उपाध्यक्ष बाबुराम भट्टराईलाई आफै प्रस्ताव गरेर प्रधानमन्त्री बनाए । तैपनि भारतको उनको दाहिने हुन सकेन्, भारतबाट उनले विश्वास कमाउन सकेनन्।
भारतसंग 'राम्रो' नबनाइ नहुने निष्कर्षमा पुगेपछि प्रचण्डले सार्वजनिक कार्यक्रममा भारतविरोधमा बोल्न समेत छोडे। भारतिय दुतावासका कर्मचारी, 'रअ'का नेपाल स्थित कर्मचारी र अमरेश कुमार मार्काका व्यक्तिसंग उठबस समेत गरे। भारतका चर्का विरोधी मोहन वैद्यको 'ग्याङ' फुटेर गएपछि भने प्रचण्डलाई भारतसंग नजिकन थप अवसर जुर्दे गयो। पहिलै दलाल भन्दै गाली गरेका तिनै बाबुरामसंग 'भारतभक्ति' को ज्ञान आर्जन गरेपछि प्रचण्डको भारत भ्रमणको इच्छा पुरा हुने संभावना बढ्दै गएको थियो । प्रचण्ड मात्र एक चोटी भारत पुगेर भारतिय नेता र सरकारलाई आफू भारत विरोधी नभएको बताउँन चाहन्थे तर भारतले त्यसलको लागि प्रचण्डका अमुल्य चारवर्ष खाइदियो। तर अन्तत चीन भ्रमणमा निक्लनु अघि प्रचण्डले भारतबाट सकारात्मक सन्देश पाए। स्रोतका अनुसार भारत अझै पनि प्रचण्डप्रति विश्वस्त छैन् तर प्रचण्डलाई सधै चिड्याएर जाने पक्षमा समेत भारत छैन,कम्तिमा भारत नजिकाको स्रोत यही बताउँछ।
हाल प्रचण्डको भारतको भ्रमणको कार्यतालिक बनिसक्यो, आउँदो शनिवार देखि मंगलवार सम्म उनले भारतको भ्रमण गर्देछन्। तर भ्रमण तय भएपछि पनि प्रचण्डलाई एउटा कुरा लास्टै सताएको छ त्यो सोनियाको घुर्की। हालसम्म सोनियाले प्रचण्डलाइ भेट्न मानेकी छैनन् ।कांग्रेस आईका अलावा सत्तारुढ गठबन्धन युपिए प्रमुख सोनिया गान्धीसंगको भेटलाई प्रचण्डले प्रमुख स्थानमा राखेका छन्।
भारतमा विपक्षी दलहरुले प्रधानमन्त्री मनमोहन सिंहलाई डमि प्रधानमन्त्री भएको र असली तालाचाँबी सोनियासंगै भएको टिप्पणी बारम्बार गर्ने गर्दछन्।
सोनियाले प्रचण्डसंग भेट्न नमानेका विषयलाई केहीले कुटनैतिक 'बार्गेनिङ' भनेका छन् । सोनियासंग भेट्नु अघि प्रचण्डले केही कुरामा प्रतिबद्धता जनाउनु पर्ने शर्त भारतले घुमाउरो तरिकाले राखेको प्रचण्डनिकट स्रोतले दाबी गरेको छ ।
त्यसै गरि नयाँदिल्लीका राजनैतिक गलियारामा सोनियाले भेट्न नमानेर भारतले अझै प्रचण्डलाइ पुर्णरुपमा स्विकार नगरेको सन्देशन दिन खोजेको चर्चा समेत चलेको छ।
तर प्रचण्ड र सोनिया गान्धीको भेटघाटको संभावना भने टरिनसकेको बताइन्छ, प्रचण्डले भारतिय मित्रहुरु मार्फत पनि सोनियासंग भेटघाटको घनिभुत प्रयास जारी राखेका छन्।

No comments :
Post a Comment