Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : उत्तर कोरियाले युद्धको कुरा गरेर ठूलो भूल | गोप्य कुरा सार्बजनिक

Saturday, 13 April 2013

उत्तर कोरियाले युद्धको कुरा गरेर ठूलो भूल | गोप्य कुरा सार्बजनिक


संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री जोन केरीले उत्तर कोरियाले युद्धको कुरा गरेर ठूलो भूल गरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो-परिस्थितिलाई नै उत्तेजक बनाउनेगरी उत्तर कोरियाले विगतका केही समयपछि गरिरहेको प्रचार एउटा ठूलो भूलमात्र हो ।’ उसले आणविक परीक्षण गर्नेभनी गरेको प्रचारले उत्तर कोरियालाई ठूलो गल्तीतर्फ धकेल्ने धारणा पनि विदेश मन्त्री केरीले राख्नुभयो ।
दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइ दक्षिण कोरियाका साथै यस क्षेत्रकै शान्ति र समृद्धिको दृष्टिकोणका साथ आउनुभएकोले उहाँको विचारको अमेरिकाले सम्मान गरेको पनि विदेश मन्त्री केरीले बताउनुभयो । विदेश मन्त्री केरी पहिलो पटक एसिायाको भ्रमणका लागि दक्षिण कोरिया पुग्नुभएको हो । उहाँले आजै दक्षिण कोरियाका राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको थियो ।
उत्तर र दक्षिण कोरियाका बीचमा केही समयदेखि विवाद जारी रहेका बेला अमेरिकी विदेश मन्त्री केरी हाल दक्षिण कोरिया पुग्नुभएको छ ।
यसैबीच उत्तर र दक्षिण कोरियाका बीचको विवाद झनै चर्किएर गएको छ । उत्तरले केहीदिन अघिमात्र संयुक्त औद्योगिक क्षेत्रबाट आˆना नागरिकहरु फिर्ता गरेको छ । त्यसैगरी उसले दक्षिण कोरियाका विरुद्ध शक्तिशाली आणविक अस्त्र प्रक्षेपण गर्ने धम्की पनि दिँदै आएको छ ।

No comments :

Get Widget