Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : दुई कोरिया बीच हुनसक्ने युद्धको त्रासमा नेपालीहरु

Tuesday, 9 April 2013

दुई कोरिया बीच हुनसक्ने युद्धको त्रासमा नेपालीहरु



केही समययता दुइ कोरियन प्रायद्धीपमा युद्धको तनाव बढिरहेको छ। दुवै मुलुकवासीमा भयाभह र आतंकको स्थिति पैदा भएको छ। दैनिक जनजीवन कष्टकर बन्दैछ। जुनसुकै बेला पनि दोहोरो भिडन्त हुनसक्ने उत्कट सम्भाव्यता छ।वातावरण हिंशात्मक हुन्छकी भन्ने आशंकामा नागरिकहरु त्रशित छन्।हिजो–आज मिनेट–मिनेटमा उडिरहन्छन् सामान्य तथा लडाका विमानहरु। दिन होस्या रात विमानहरु आकासबाट चारैदीशा अवलोकन गर्दै फन्को लगाइरहन्छन्। यस्ताकृयाकलापले नागरिकहरुको मानसपटलमा प्रतिकुल प्रभाव पारिरहेको छ। परिस्थिति झन– झन जटिल बन्दै छ। वातावरण सन्नाटामय छ।
‘कुन बेला, कहाँ कसले आक्रमण गरी युद्धको थालनी गर्ला ? यदि दोहोरो युद्ध भएमा यी दुवै देशसंगै विश्वले कति क्षति ब्यहोर्नु पर्ने होला ? के युद्धदुई देशमै सिमित रहला ?’ हिजोआज यहाँका चोक, गल्ली होटल, रेष्टुरेन्ट,कल–कारखाना, विश्वविद्यालय मात्र होइन, विभिन्न सभा–समारोहमा पनि सर्वत्र चासो,चिन्ता र वहसको विषय बन्ने गरेको छ। दुई देशबीच पुरानो सीमा विवाद र आर्थिक नाकावन्दी ‘हटविज’ बनेको छ। अहिलेको वाक द्धण्द्ध।
यस्तो भयग्रस्त पस्थितिको सामना गर्न वाध्य छन् यहाँ कार्यरत
नेपालीहरु पनि।विभिन्न प्रयोजनका लागि आएका नेपालीहरु युद्ध तनावले चिन्तित छन्। आफ्नै मुलुकका दशवर्षे गृहयुद्ध भागेका नेपालीहरु यी दुई देशकोबीच ‘साँढेको जुधाई बाच्छाको मिचाइ’ ढाल बन्नुपर्नेमा आशङ्कीत छन्। सर्वत्र युद्धको त्राश फैलिइरहेको छ। दुई देशका गतिविधिबाट विश्वस्त हुन नसकेको जनाउदै नेपालीहरु विभिन्न सामाजिक सञ्जालहरु मार्फत भाव अभिव्यक्त गरिरहेका छन्।
यसैवीच नेपाली दुतावाशले युद्ध भइहाल्ने स्थिति नभएको भन्दै भयमुक्त रहननेपाली समूदायलाई शान्त्वना दिएको छ। तर दुई कोरियावीच उत्पन्न युद्धकोतनावलाई विश्वका विभिन्न समाचार संस्थाहरुले प्राथामिकता दिइरहेका वेला शान्त्वनादिनु स्भाविक पनि हो। भलै अथह पीडा छ भोग्नेहरुलाई। यो विशम परिस्थितिको तत्काल शान्तिपूर्ण विकल्पको बाटो नखोजेमा परिस्थिति दयनिय वन्ने छ। र यसकोपरिणाम यी दुई देशसंगै विश्वले भोग्नुपर्ने हुन्छ।
दक्षिण कोरियावासी नेपालीहरु सांगीतिक कार्यक्रममा
आणविक अस्त्रसम्पन्न उत्तर कोरियाले गत शनिवार विज्ञप्ती प्रकाशित गरी युद्धको औ पचारिक घोषणा हुन बा“की रहेको जनाएको छ। त्यसबीच आफ्नै देशभित्र रहेका विदेशी कुटनीतिग्य नियोगहरुलाई मुलुक छोड्न आग्रह गरेको छ। युद्धको स्थितिमा सुरक्षा दिन नसक्ने भन्दै उत्तर कोरियाले अप्रिल दशसम्म आफनो सुरक्षा गर्न वा मुलुक छोड्न निर्देशन दिएको हो। जसको कारण सम्भावित युद्धको भयलेविश्वलाई त्रसित बनाएको छ। उत्तर कोरियाले आक्रमणको समय निकट भएको समाचार संस्थाहरुले जनाएका छन्।उसले प्यासीफिक र अमेरिकाका केही शैन्य क्षेत्रमा तीन हजारदेखि चार हजार किलोमिटर मार हान्न सक्ने आणविक हतियार तैनाथ राखेको छ। दुवै देश केही वर्षदेखि युद्धको तयारीमा जुट्दै आएका थिए। यहाँका संचारमाध्ययमहरुका अनुसार दक्षिणकोरियालाई अमेरिकाको प्रत्यक्ष साथ र सहयोग छ भने उत्तर कोरियालाई चिनको मौन सर्मथन छ। यसरी बुझ्दा दुवै देश टक्करको अवस्थामा छन्। उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाविरुद्ध युद्ध नजिक आइसकेको भन्दै पूर्ण तयार रहन आफना शैनिकलाई निर्देशन दिएको छ। क्षेप्यास्त्र आक्रमर्ण गने
र्धम्की दिएपश्चात दक्षिण कोरिया र अमेरिकाले युद्धको सामाना गर्न तयार रहेको हिजोआजका विभिन्न समाचार संस्थाहरुको लागि मूख्य हेडलाईन बन्ने गरेका छन्।
गाउदै, नाच्दै, रमाउदै द. कोरियामा नेपालीहरु
उत्तर र दक्षिणबीचको सम्वन्धको कारण विश्वभरी चर्चा चलिरहेको छ भने विश्वका समाचार संस्थाहरुको ध्यान यतातिर केन्द्रित भएको छ। एउटै प्रायद्धीपका दुई मुलुकको भिडन्तको खवरले अन्य छिमेकी राष्ट्रहरु समेत आतङ्कित भएका छन्। सम्भावित युद्ध रोक्न अन्तराष्ट्रिय मध्यस्थकर्ताले ध्यान नदिएमा ठूलो भौतिक र मानवीय क्षती हुनेमा दुइ मत छैन। उत्तरले पछिल्लोपटक गत फेवे्रवरीमा आणविक क्षेप्यास्त्र परीक्षण गरेको थियो। उक्त परिक्षणको दक्षिण कोरिया र संयुक्त राष्ट्र सङघले चिन्ता र आपप्ति जनाएका थिए। तर लगत्तै दक्षिण पनि मिसाइल परीक्षण गरी टकवार सृजना गरायो। दुई कोरियावीच १९५३ मा भएको युद्धविराम सन्धी गत महिनामा भङ्ग भएको थियो। सन्धी भङ्ग भएलगत्तै उत्तर कोरियाले दक्षिणमा साइवर आक्रमर्ण
गरेको थियो।
हतियार र शैन्यदृष्टिले शक्तिसम्पन्न उत्तरसंग खतरनाक आणविक तथा रासायनिक हतियार छन्। जो सीमाना नजिकै राखेको छ। दक्षिणसंग त्यसको दाँजोमा शैन्य तथा हतियार थोरै छन्। तर अमेरिकाको पत्यक्ष समर्थन छ। भलै दुबै प्रायद्धीपहरुले देखाएको हतियार तथा शैन्य शक्तिबाट युद्धको खतरा प्रवल बढेको छ। यदि उत्तरले शैन्य हमला ग¥यो भने देश युद्धमैदानमा परिणत हुने छ। र त्यसको सिकार वन्नेछन देशवासी र आप्रवाशी नागरिक । वार्तामार्फत सभ्भाव्य युद्ध रोकी ठूलो जनधनको संरक्षण गर्न अन्तराष्ट्रिय मध्यस्र्थकर्ताहरुको टड्कारो आवश्यक छ।
अन्तत युद्ध नहोस र धेरै दुखगरी कोरिया पुगेर पसिना बगाएर मेहनेत गरिरहेका नेपालीहरु युद्धको कारण बस नेपाल फर्किनु नपरोस, यही कामना गरौ |

No comments :

Get Widget