Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सुनचाँदीका पसल अनिश्चितकालीन बन्द भाउ घटेका बेला नबेच्न आन्दोलन

Saturday, 27 April 2013

सुनचाँदीका पसल अनिश्चितकालीन बन्द भाउ घटेका बेला नबेच्न आन्दोलन

काठमाडौ, वैशाख १४ – सर्वसाधारणका नजरमा ‘ठग्न पाउनुपर्छ’ भन्ने आशयको आन्दोलनमा उत्रेका सुनचाँदी व्यवसायीले कारोबार अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन् । सुनको भाउमा व्यापक गिरावट आएका बेला सर्वसाधारणको चाप बढ्ने मौका छोपी व्यवसायीले ठग्ने आशंकामा सरकारी अनुगमन टोलीले सोमबार अनुगमन गर्दा राजधानीका तीन पसलमा कैफियत भेटिएको थियो । तौल, गुणस्तर र मूल्यमा उपभोक्तालाई ठग्ने गरेको तथ्यांक अनुगमन टोलीले सार्वजनिक गरेपछि व्यवसायी आफ्नो व्यापारको बचाउ गर्दै तीन दिनदेखि आन्दोलनरत छन् । यो आन्दोलनका कारण बिहेको सिजनमा घटेको मोलमा सुन किन्न पाएका छैनन् ।
image (2)

No comments :

Get Widget