Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कोरियाली क्षेप्यास्त्र खसाल्न जापानको आदे

Monday, 8 April 2013

कोरियाली क्षेप्यास्त्र खसाल्न जापानको आदे



टोकियो, चैत २६ (एजेन्सी)- जापानले आफ्ना सशस्त्र सेनालाई आफ्नो क्षेत्रतर्फ उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपण भएको देखे प्रत्याक्रमण गरी खसाउन आदेश दिनेभएको समाचार येमियुरी समाचारपत्र तथा जिजी समाचार संस्थाले आइतबार दिएका छन्। यसबीच प्योङयाङले यस्तो आक्रमणको तयारी गरिरहेको समाचार प्राप्त भएका छन्।
यस्तो आदेश प्रतिरक्षामन्त्री इत्सुनोरी ओनोदेराले दिनुहुने समाचारमा जनाइएको छ। सामान्य जनतामा अनावश्यक आतङ्क सिर्जना हुन नदिन यस सम्बन्धी आदेशलाई सार्वजनिक नगरिने समाचार क्योडो समाचार समितिले दिएको छ। यसका लागि यस समाचार संस्थाले सरकारी स्रोतलाई उद्धरण गरेको छ।
आदेशमा समुद्रमा रहने क्षेप्यास्त्र पत्ता लगाउने उपकरण र क्षेप्यास्त्र नष्ट गर्न एजिज डिस्ट्रोयर प्रयोग गर्न निर्देशन दिइने बताइएको छ। यी उपकरण तथा क्षेप्यास्त्रलाई जापानी जलक्षेत्रमा तैनाथ गरिने बताइएको छ। दक्षिण कोरियाली आमसञ्चारले उत्तर कोरियाली मध्यम दुरीको दुई क्षेप्यास्त्रलाई 'मोबाइल' प्रक्षेपकमा राखेको र हाल ती प्रक्षेपकलाई पूर्वी तटीय क्षेत्रमा लुकाएर राखिएको समाचार दिएका थिए।
उत्तर कोरियाले प्योङयाङमा रहेका केही विदेशी दूतावासलाई अप्रिल १० पछि द्वन्द्व आरम्भ भए उनीहरूको सुरक्षा गर्न नसकिने भनी आफ्ना कर्मचारीलाई स्वदेश फर्काउन सल्लाह दिएको छ। यसरी सल्लाह पाउने प्रायः दूतावास यथावत अवस्थामा रहने देखिएका छन्। जापानी प्रतिरक्षा मन्त्रालयले सन् २००९ को अप्रिल र गत वष अप्रिल तथा डिसेम्बर महिनामा यस्तै प्रकारको आदेश जारी गरेको थियो।

तपाइले सम्पूर्ण पास हरु तपाइको फेसबुक मा पनि पाउनुहुनेछ तेस्को लागि यहाँ गएर like गर्नुहोस -यहाँ जानुस
नेपालको माया

No comments :

Get Widget