Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : साउदीमा मृत्युदण्ड हुन सक्ने खबरले रुवाबासी

Sunday, 21 April 2013

साउदीमा मृत्युदण्ड हुन सक्ने खबरले रुवाबासी



तनहुँ, वैशाख ८ - जेठी छोरी ३० वषर्ीया शोभा परियार साउदी अरबको जेलमा मृत्युदण्डको फैसला कुरेर बसेको थाहा पाएपछि भिमाद ३, भावरका आमाबाबु बुद्धिसरा र भीमबहादुरलगायतका परिवार दिनरात रोएरै बस्ने गरेका छन् । 

उनीहरूले छोरी शोभालाई आममाफीसहित नेपाल फर्काउने पहल गर्न सरकारसँग माग गरेका छन् । दुई वर्षअघि मुम्बई हुँदै साउदी हिँडेकी छोरी शोभाले घर मालिकका २ वषर्ीय छोराको आफूबाट हत्या हुन पुगेकाले जेलमा भए पनि साहुले वैशाखसम्म नेपाल फर्काइदिन्छु भनेर औंठाछापसहितको कागजात बनाइसकेको चैत ३१ गते शनिबार फोनमा बताएकी आमा बुद्धिसराले बताइन् । उनले जेलमा परेकी छोरी शोभाले घरमा फोन गर्दा मृत्युदण्डको सजाय हुनेबारे केही नभनेकाले आफूहरूले जटिल रूपमा नलिएको जानकारी दिइन् । 

'शोभाले फोनमा म जेलमा परेर पनि डराउनु पर्दैन, मलाई मालिकले वैशाखमा घर फर्काइदिन्छु भनेका छन् भन्थी,' बुद्धिसराले भनिन्, 'पत्रिकामा मृत्युदण्ड हुन सक्ने खबर पढेपछि दिनरात रोएर बसेका छौं ।' २६ गतेको कान्तिपुरमा तनहुँकी परियार थरकी युवती मात्र भनेर उल्लेख गरिए पनि आफ्नी छोरी शोभा नै भएको बुद्धिसराले बताइन् । शोभाले साउन २ गते घरमा फोन गरी मालिक र मालिक्नीले यातना दिने गरेकाले नेपाल र्फकन चाहेको बताएपछि छोरी फर्काउन साउदी पठाउने दलाल दुलेगौंडाका कवीर बक्स मियाँले मागेअनुसार १९ हजार बुझाएको बुद्धिमायाले बताइन् । 'मंसिरमा छोरी शोभाले यातना प्रतिकार क्रममा मालिकको छोराको हत्या भएकाले जेलमा छु भनेपछि झनै अन्योलमा पर्‍यौं,' उनले भनिन्, 'छोरी लिन जान्छु भनेका दलाल मियाँ पनि साउदी पठाउने केटीहरूसहित पक्राउ परेर जेलमा रहेछन् । भैरहवा जेलमा गएर दलाललाई भन्दा म नै जेलमा छु, के गर्न सक्छु र भनेपछि रुँदै घर फर्कियौं ।' शोभाले भानुमती ९ स्थित हिमालय उच्च माविबाट शिक्षाशास्त्रमा मानविकी संकाय उत्तीर्ण गरेकी थिइन् । उनका श्रीमान् दोस्रो विवाह गरेर छुट्टै बस्दै आएका छन् । शोभाका ११ वषर्ीय छोरा दिवससमेत अपांग छन् । जन्मजात ओठ फाटेका दिवसको शल्यक्रियापछि ओठ पुरिएको छ तर आवाज स्पष्ट छैन । दिवस स्थानीय बालज्योति प्राविको कक्षा ४ मा पढ्छन् । 'ममीले अस्ति फोनमा वैशाख अन्तिममा आउँछु भन्नुभएको छ,' उनले भने, 'घर आउँदा साइकल ल्याइदिन भनेको छु ।' शोभाका बाबु ६३ वषर्ीय भीमबहादुरले छोरीले साउदी जाने प्रक्रिया सुरु गरेको बारे आफूहरूलाई कुनै जानकारी नदिएको बताए । दलालले परिवारलाई नभन्न भनेकाले छोरी शोभाले केही नभनेको हुन सक्ने उनले बताए । 'हामीले छोरीलाई मृत्युदण्ड हुनबाट बचाउन कता के गर्नुपर्छ केही पनि जानेका छैनौं,' उनले भने, 'राज्यले चासो दिए छुट्न सक्छ भनेका छन् । छोरीलाई सकुशल घर फर्काउन राज्यले पहल गर्नुपर्‍यो । मेरी छोरी नेपालकी चेली हो । मृत्युदण्ड पाएर विदेशमा मर्न दिन भएन ।' शोभाकी बहिनी २१ वषर्ीया रेखाले राज्यबाट पहल भए दिदी नेपाल र्फकन सक्ने भएकाले आवश्यक पहल गरिदिन आग्रह गरेकी छन् । उनले घर धान्ने दिदीको मृत्युदण्डको खबरले आफूहरू विक्षिप्त भएको बताइन् ।

No comments :

Get Widget