नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : झलनाथका नक्कली सल्लाकारले ठगे ५५ लाख
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
झलनाथका नक्कली सल्लाकारले ठगे ५५ लाख =========================
४ चैत, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालमार्फत ‘रक्तचन्दन कारोबार’ गर्न सरकारबाट लाइसेन्स बनाईदिने भन्दै संगठित गिरोहका चार जनाले सिन्धुपाल्चोकका एक व्यापारीबाट ५५ लाख रुपैयाँ ठगी गरेका छन् ।
ख्नाल प्रधानमन्त्री छँदा उनको आर्थिक सल्लाहकार भएको दाबी गर्ने सत्यमान लामा र स्वकीय सचिव बताउने सञ्जीव रोक्कासहित चार तस्करले सुनखानी ८ सिन्धुपाल्चोकका व्यापारी लवाङ लामाको ५५ लाख रुपैयाँ ठगेका हुन् । लामाको रक्तचन्दन कारोबारको लाइसेन्स पाएपछि थप ४५ लाख रुपैयाँ उपलब्ध गराउन तस्करसँग सहमति गरेको थिए । आफू प्रलोभनमा परेर ५५ लाख रुपैयाँ डुवेको थाहा पाएपछि लामाले महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगीसम्बन्धी उजुरी दिएका छन् । सोही उजुरीका आधारमा प्रहरीले आरोपितमध्ये तीन जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा ठूलो पैसाल ३ काभ्रेका सत्यमान लामा तथा ठगीको सेटिङ मिलाउन सघाउने आहाले ९ धनकुटाका दिलीप राई र पयुपाटा ९ बाग्लुङका छत्रबहादुर रोक्का छन् । तीनै अभियुक्त काठमाण्डौं प्रहरकिो नियन्त्रणमा रहेको कारोबार दैनिकमा खबर छ । ‘रक्तचन्दन काठ खरिद बिक्रीका लागि खोलिने टेन्डर तपाईलाई पारिदिन्छौं भने,’ व्यापारी लामाले उजुरीमा भनेका छन् ‘टेन्डर पारेबापत १ करोड चाहिन्छ, त्यसवापत वन तथा भूसंरक्षण मन्त्रालय, वन विभाग, गृह मन्त्रालयबाट समेत स्वीकृति दिलाउन झलनाथ खनाललगायत हाम्रा पार्टीका नेताहरुलाई दिनुपर्छ, हामीले सुरक्षा संयन्त्रबाट समेत सेटिङ मिलाउँछौ, तपाई ढुक्क हुनुस् भनेर पटक पटक गरी ५५ लाख रुपैयाँ लिए ।’ काठमाण्डौं प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी चक्रबहादुर सिंहका अनुसार तत्कालीन प्रधानमन्त्री खनाललको स्वीय सचिव बताउने सञ्जीव फरार छन् । उनीहरुको खोजीमा सादा पोसकका प्रहरी परिचालन गरिएको छ ।
No comments :
Post a Comment