Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Thursday, 28 March 2013

समाचार


८-१० जनाको अज्ञात समूहले गरे एक किशोरीको सामुहिक बलात्कार



१५ चैत, काभ्रे । एसएलसी दिएर बसेकी एक किशोरी सामूहिक बलात्कारको शिकार बनेकी छन् । पानी खाने बाहानामा घर भित्र छिरेका हतियारधारी अज्ञात समूहले मेथिनकोट ८ काफ्लेथोककी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् ।
ती समूहले उनीमाथि बलात्कार गरेपछि उनको घरमा लुटपाट समेत गरेका थिए । लुटेराहरुको खोजी भैइरहेको ईलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । 
अनुहार लुकाउँदै पानी माग्ने बहानामा बालिकाको घर भित्र ८-१० जनाको अज्ञात समूह छिरेको थियो । त्यो समूहले बालिकाको बाबुको घाटीमा खुकुरी राखेर घरमा भएको नगद, सुन लगायतका सामान लुटपाट गरी बालिकामाथि बलात्कार गरेको थियो ।

No comments :

Get Widget