Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Thursday, 7 March 2013

समाचार

सडकमा देखिएनन् बन्दकर्ता, बिस्तारै गाडी चल्न थाले
==============================

२४ फागुन, काठमाण्डौं । उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले आह्वान गरेको बन्दको प्रभाव बिस्तारै खुकुलो हुन थालेको छ । काठमाण्डौका सडकमा बन्दकर्ताहरु नेदेखेपछि विस्तारै मोटरसाइकल र निजी सवारी साधन चल्न थालेका छन भने छिटफुटरुपमा भाडाका सवारी पनि चल्न थालेका छन् ।

बुधबार मोहन बैद्य नेतृत्वको मोर्चाले गरेको बन्दमा बन्दकर्ताहरु सडकमा देखिएको भएपनि मधेसबादी दलसम्बद्ध बन्दमा कार्यकर्ताहरु सडकमा देखिन्नन् ।

राजनीतिक निकास निकाल्ने बहानामा चारदलले मनोमानी गरेको, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने भन्दै आज बन्द आव्हान गरेको मोर्चाले जनाएको छ ।

कार्यकर्ता पक्राउ परेकोमा आपत्ति
शान्तिपूर्ण प्रर्दशन गरिरहेका आफ्ना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै राष्ट्रिय मधेश समाजवादी पाटीले आपत्ति जनाएको छ । सो पार्टीले आज एक विज्ञप्ति जारी गर्दे छिटोभन्दा छिटो संविधानसभाको स्वतन्त्र, निष्पक्ष तथा तटस्थ निर्वाचन एवं अबिलम्ब चुनावी सरकार गठन गर्न दवाब दिने उद्देश्यले आव्हान गरेको नेपाल बन्दको क्रममा शान्तिपूर्ण प्रदर्शन गरिरहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका तीन दर्जनभन्दा बढी कार्यकर्ताहरुलाई नयाँबानेश्वर, कोटेश्वर र कमलपोखरी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो ।

पार्टीका अनिलकुमार कर्णद्धारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ-शान्तिपूर्ण प्रदर्शनमा बन्देज लगाइ आन्दोलनलाई तुहाउने गृह प्रशासनको कायरतापूर्ण कार्यको हामी घोर निन्दा गर्दछौं । पार्टीले पक्राउ परेकाहरुलाई यथाशिघ्र रिहा गर्न माग पनि गरेको छ ।

No comments :

Get Widget