Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिज्ञान प्रबिधि

Wednesday, 13 March 2013

बिज्ञान प्रबिधि

हेलिकोप्टर बनाउन आर्थिक सहयोग माग्दै मलेशियामा २ दाजुभाइ

फाल्गुण २९, क्वालालम्पुर । 

नेपालमा हेलिकोप्टर बनाएर देखाउने भन्दै दुई नेपाली युवा आर्थिक सहयोगको याचनासहित मलेसिया पुगेका छन् । सामान्य लेखपढ मात्रै गर्न सक्ने बुटवलका कृष्णकुमार गौतम र अनिल गौतम नेपालमा कसैले सहयोग नगरेको भन्दै विदेशमा बस्ने श्रमिकबाट सहयोग पाउने अपेक्षाका बोकेर मलेसिया आइपुगेका हुन् ।

भैरहवा विमानस्थलमा नेपाली सेनाको हेलिकोप्टर देखेपछि इच्छा जागेर हेलिकोप्टर बनाएको उनीहरुको भनाइ छ । ‘भैरहवामा हेलिकोप्टर देख्यौं, अनि त्यहीँबाट अठोट गरेर हेलिकोप्टर बनाउन शुरु गरेका हौं ।’-दुई दाजुभाइको संयुक्त भनाइ छ । शुरु शुरुमा आफुहरुले हेलिकोप्टर बनाउदै बिर्गार्दै गर्दा उनीहरुले दुई वर्ष अगाडि मात्रै तीनजना बस्न मिल्ने हेलिकोप्टर तयार गरेको दाबी गरेका छन् । परीक्षण गर्दा फलामको मात्रा बढी भई गह्रौं भएकाले उड्न नसकेको र आर्थिक अभावका कारण अहिलेसम्म पनि त्यसका पार्टपूर्जा फेर्न नसकेको उनीहरुको भनाइ छ ।

हालसम्म परीक्षणका लागि उनीहरुले तीनवटा हेलिकोप्टर बनाइसकेको बताएका छन् । हेलिकोप्टर बनाउँदा बुटवलमा भएको जग्गासम्म बेचेको गौतम दाजुभाइको दाबी छ । एउटा उड्ने हेलिकोप्टर बनाउन करीव दुई करोड लाग्ने उनीहरुको अनुमान छ । ‘हामीले दुई करोडमै बनाउछौं भन्दा पनि राज्यले हामीलाई सहयोग गरेन ।’ -गौतम दाजुभाइ भन्छन् ।

काठमाण्डौको सुकेधारास्थित नीलो पुलमा फर्निचर कारखाना सञ्चालन गर्दे आइरहेका दुई दाजुभाइको सामान्य लेखपढ मात्रै रहेको छ । आफुहरुको लेखपढ नभएका कारण नेपाली समुदाय तथा राज्यले सहयोग नगरेको उनीहरुको भनाइ छ ।

‘सहयोग गछौं, तपाईहरुको प्रयास निकै राम्रो छ भन्नेहरु हजारौं भेटिए । तर, व्यवहारमा कसैले पनि एक पैसा चुहाएनन् ।’ प्रशंसा गर्नेहरुसंग उनीहरुको गुनासो छ-’सक्नुहुन्छ भने प्रशंसा होइन, आर्थिक सहयोग गर्नुहोस्, हामी नेपालमै केही गरेर देखाउन चाहन्छौं ।’ त्रिलोक एयर नाम दिएर हेलिकोप्टर बनाएको बताउने उनीहरुले नेपालमा ठूलो पदमा बस्नेहरुबाट कुनै सहयोग पाउन नसकेको भन्दै विदेशमा बसेर पसिना बगाइरहेका श्रमिकसँग सहयोगको हात बढाएका छन् ।

‘गैरआवासीय नेपालीहरु, जो विदेशमा बसेर नेपालमा लगानी गछौर्ं भनिरहनुभएको छ, तपाईहरुलाई हामी फेरि पनि भन्छौं आउनुहोस् हामीलाई सहयोग गर्नुहोस् ।’ आफुहरु मलेसियामा केही दिन बस्ने र अन्य केही देशमा पनि सहयोगको खोजीमा पुग्ने उनीहरुले बताए ।’ उनीहरु भन्छन्- ‘जसरी शुरुका दिनमा राइट दाजुभाइलाई पत्याएका थिएनन्, त्यसैगरी हामिलाई अहिले पत्याएका छैनन् । तर, सत्यको सधैं जीत हुन्छ, हामीलाई भोलि सबैले पत्याउने छन् ।’

No comments :

Get Widget