नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
विमल खतिवडा गुञ्जनगर (चितवन), चैत्र ११ इकान्तिपुर--- काउली र बन्दाको उत्पादन अत्यधिक भएकाले मूल्य नपाउँदा यसपालि किसान मर्कामा परेका छन् ।
वर्षौंदेखि व्यावसायिक खेती गर्दै आएका किसानले मूल्य नपाएको झोंकमा काउली र बन्दालाई बारीमै जोतेका छन् । सस्तो मूल्यमा पनि बिक्री नभएपछि किसानले बाध्य भएर काउली जोतेका हुन् । केही किसानले बन्दा नकाटी बारीमा त्यसै फालेका छन् ।
गुञ्जनगर गाविसका मात्र सयभन्दा बढी किसानले काउली जोतेको बताए । 'सस्तोमा बिक्री गर्दा लागत नउठ्ने भएपछि १० कठ्ठाको काउली नकाटी जोत्न बाध्य भएँ,' गुञ्जनगरका किसान नरनाथ लामिछानेले भने, 'यो वर्ष ठूलो घाटा बेहोर्नुपर्यो ।' गाउँको तरकारीसमेत ठेक्कामा लिएर बिक्री गर्दै आएका उनले ९ लाख घाटा भएको बताए । अघिल्लो वर्ष किसानले धेरै काउली र बन्दा लगाए पनि बिक्री भएको थियो ।
उनीजस्तै हरिप्रसाद पौडेलले पनि १६ कठ्ठामा लगाएको बन्दा र काउली जोते । उनले ३ लाख रुपैयाँ घाटा बेहोर्नुपरेको दुःखेसो पोखे । 'अघिल्लो वर्ष यस्तो घाटा सहनुपरेको थिएन,' उनले भने, 'तर यसपालि थलै पर्यौ ।' उनले सबैभन्दा धेरै काउली र बन्दा लगाए पनि उचित मूल्य नपाउँदा घाटा भएको बताए । अहिले बजारमा बन्दा किलोको ३ रुपैयाँ छ । किसानले व्यापारीलाई एक रुपैयाँभन्दा कममा बेच्नुपर्छ । लामिछानेले बजारमा काउली र बन्दा धेरै भित्रिएपछि आफूहरूले मूल्य नपाएकाले बारीमै जोत्नुपरेको
बताए । ३ रुपैयाँ किलोमा बिक्री गर्दा ज्याला भाडासमेत नउठ्ने भएपछि सबै किसान तरकारीलाई बारीमै नष्ट गर्न सहमत भएका हुन् । उता कृषि कार्यालयले भने यो वर्ष धेरै नै काउली र बन्दाको उत्पादन भएकाले मूल्य पाउन नसकेको जनायो ।
No comments :
Post a Comment