Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : माछा चोरेको अभियोगमा कुटिइँदा ज्यान गयो

Saturday, 16 March 2013

माछा चोरेको अभियोगमा कुटिइँदा ज्यान गयो

माछा चोरेको अभियोगमा कुटिइँदा ज्यान गयो
========================

इटहरी, चैत ३- इटहरीमा रिक्सा चलाउँदै आएका नीरु तामाङ आज बिहान इटहरी-१ स्थित सडकमा मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

हिजो माछा चोरेको अभियोगमा कुटिइएका तामाङ बिहान ५ बजेतिर इलाका प्रहरी कार्यालय अगाडिको सडकमा मृत अवस्थामा फेला परेको प्रहरी नायव निरीक्षक गोविन्द खवासले जानकारी दिएका छन्।

ती रिक्सा चालक कुटपिटकै कारण मरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ। उनी धरानका स्थायी बासिन्दा हुन्।

रिक्सा चालक मृत फेला परेकै ठाउँ नजिक जनता पसलका अरुण अग्रवाल झुण्डिएको अवस्थामा फेला परेको पनि प्रहरीले बताएको छ।
आफ्नै घरको कोठामा झुण्डिएका अग्रवाल डोरी चुटि्टएर भुइँमा झरेको अवस्थामा परिवारका मानिसले फेला पारेका थिए। उनको शरीर तातै अवस्थामा रहेकाले उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

उनको अवस्थाका विषयमा थप जानकारी नआएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ।

यसैगरी जिल्ला कारागार धुलिखेलमा रहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार मानसिक तथा उच्च रक्तचापबाट पीडित ती कैदीले औषधि सेवन गरिरहेको र धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो।

मृत्यु हुने ४५ वर्षका चितवन पार्वतीपुर-६ का कुमबहादुर कामी हुन्। जिल्ला अदालत चितवनले विसं २०६६ साउन ८ गते प्रहरी हिरासतमा रहेका कामीलाई कर्त्तव्य ज्यानको मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो। यो फैसलापछि २०६७ असोज ३ गते उनलाई चितवनबाट स्थानान्तरण गरी धुलिखेल कारागारमा ल्याइएको थियो। रासस

No comments :

Get Widget