कुमारी आमाले भर्खर जन्मेकी छोरी मारिन
आश गुरुङ लमजुङ, फागुन २१ - लमजुङमा एक महिलाले जन्मन ेवित्तिकै आफ्नै छोरीलाई डोरीले घाँटीमा बाँधेर हत्या गरेकी छिन् ।
धादिङ जिल्ला रि गाउँ विकास समिति वडा नम्बर ९ किच्यन गाउँ घर भई बेसीशहर बस्ने अन्दाजी १९ बर्षिया वाङ्चीमाया तामाङले सोमवार विहान तन्ना च्यातेर बनाएको डोरीले भर्खर्र जन्मिएकी छोरीको हत्या गरेकी प्रहरीले जनाएको छ ।
वेसीशहरको झिङ्गेखोलामा रहेको एउटा होटलमा डेढ महिनादेखि काम गर्दै आएकी तामाङले विहान आफ्नै कोठामा जन्माएकी नवजात शिशुको घाँटीमा डोरीले बाँधेर हत्या गरेको प्रहरीको भनाई छ । गत कार्तिक महिनादेखि लमजुङमा आएर मजदुरी गर्दै आएकी तामाङ अविवाहित रहेको प्रहरीले जनाएको छ ।
विहान काम गर्न नआएपछि होटलधनीले उठाउने जाने क्रममा तामाङले ढोका नखोलेपछि जवर्जस्ती ढोका खोल्दा कोठा रगताम्य भएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले अस्पताल लाने भन्दै तामाङलाई उठाउने क्रममा महिलाले नवजात शिशुको घाँटीमा डोरीले बाँधेर मारेको भेटेका प्रहरीले जनाएको छ ।
मृत शिशुको पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ भने आमाको सोही अस्पतालमा उपचार भईरहेको छ ।
तामाङका आफन्तले घटना र मृतक शिशुको बाबुको बारेमा खोजी र अनुसन्धान गरिदिन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

No comments :
Post a Comment