Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : दुर्इ नवजात शिशु मृत फेला

Sunday, 24 March 2013

दुर्इ नवजात शिशु मृत फेला

दुर्इ नवजात शिशु मृत फेला
==============

बाबुकाजी कार्की ११ चैत, सोलुखुम्बु । सोलुखुम्बुको बासा ४ मा आज एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीय गोबिन्द राईको घर नजिकैको बारीमा कुकुरले हात र खुट्टा खाँदै गरेको अवस्थामा उक्त बेवारिसे नवजात शिशुको शब फेला परेको हो ।

अन्दाजी पाँच केजी तौल भएको सो शिशुलाई ३-४ दिन अगाडी तिर फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । शिशु कस्को हो र किन फालियो भन्न बारेमा अनुसन्धान भैरहेको प्रहरी चौकी बासाका ईन्चार्ज विश्वनाथ जैसवालले बताउनु भयो । शिशुको शव भने पोष्ट मार्टमका लागि आजै जिल्ला अस्पताल फाप्लु ल्याएको पनि ईन्चार्ज जैशवालले बताउनुभयो ।
यसै विच सोलुखुम्बुकेा नाम्चे बजारमा पनि गएराति एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । बजारमा शिशुको शव भेटिए पनि शब कस्को हो भन्ने बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरिक्षक सुनिल दाहालले बताउनुभयो ।

No comments :

Get Widget