क्यान्सर लगाउने जिन फेला पारेको वैज्ञानिकहरूको दावी
१८ चैत, एजेन्सी । अष्ट्रेलियाका वैज्ञानिकहरूको एक समुहले यस्तो जिन पत्ता लगाएको दाबी गरेको जसले कुनै पनि व्यक्तिको शरिरमा क्यान्सरको विकास गर्छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको नेतृत्वमा क्विन्स ल्यान्ड इन्स्टिट्युट अफ मेडिकल रिसर्च (क्यूआइएमआर) उक्त अनुसन्धान गरेको थियो । उक्त रिसर्चमा करिब २ लाख मानिसहरूको डिएनको संरचना बारे अध्ययन गरिएको थियो । एबिसीले क्यूआइएमआरका प्रवक्ता जर्जीया चेनेविक्सले आफूहरुले क्यान्सर लगाउने जिन १५० जिन पत्ता लगाएको दावी गरेका छन् । उक्त जिन पत्ता लागेपछी अब क्यान्सरको उपचारको पद्धति खोज्न समेत सहज हुने बताइएको छ ।
उनले उक्त जीन कस्तो तरिकाले क्यान्सरका लागी जिम्मेबार रहेको भन्ने कुरा पत्ता लगाउन बाँकी रहेको चेनेविक्सले बताएका छन् । उनले यस जिनलाई फैलिन नदिन के-कस्ता पद्धती प्रयोग गर्न सकिन्छ त्यसबारे अध्ययन गरिने र त्यसका लागी पनि लामो समय लाग्ने बताएका छन् ।
 
 
 
 
No comments :
Post a Comment