Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिश्व

Sunday, 24 March 2013

बिश्व


१ सय ४९ विमानस्थलका टावरहरू बन्द



११ चैत, एजेन्सी । अमेरिकामा कडा बजेट कटौतीका कारण सङ्घीय उड्डयन प्रशासनले १४९ साना विमानस्थलका हवाइ यातायात नियन्त्रण टावरहरू बन्द गर्ने आदेश दिएका छन् । यातामन्त्री रे लाहुडले एक विज्ञप्ति प्रकाशन गरी मुलुकभरका समुदायबाट उनीहरूको विमानस्थलका टावरको महत्वका विषयमा गुनासो आएपनि यस प्रकारको निर्णय गर्नुपरेको बताएका छन् । 
उनले बजेट कटौती पालना गर्नुपर्ने भएकाले यस प्रकारको व्यवस्था गर्नुपरेको पनि उल्लेख गरे । सङ्घीय उड्डयन प्रशासनले हालको बजेटमा ६३ करोड ७० लाख अमेरिकी डलर बराबर कटौती गर्न र मार्चदेखिको सात महिनामा आठ करोड ५० लाख कटौती गर्न परेकाले यस्तो अवस्था आएको जानकारी दिका छन्। 
उनले गत महिना टावरहरू बन्द गर्नाका साथै कर्मचारीहरूलाई केही समयका लागि बिदामा राख्नुपर्ने वा उनीहरूलाई वेतलबी बिदा दिनुपर्ने अवस्था पनि आउसक्ने चेतावनी दिएका थिए । 
उड्डयन प्रशासन तथा विमान सेवाहरूले अप्रिल ७ देखि टावर बन्द गर्दा मुलुकभर हवाइ यातायातमा कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए । हाल कम यातायात चाप भएका विमानस्थल बजेट कटौतीबाट प्रभावित भएका छन् ।

No comments :

Get Widget