Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : हतियारसहित ६ भारतीय सैनिक नेपालमा पक्राउ

Friday, 22 March 2013

हतियारसहित ६ भारतीय सैनिक नेपालमा पक्राउ


९ चैत, इलाम । पूर्वी इलामको पशुपतिनगरबाट नेपाल प्रहरीले ६ जना भारतीय सैनिकलाई नियन्त्रणमा लिएको छ । पशुपतिनगर प्रहरीले पशुपतिनगर बजारबाट सैनिक पोशाक र हतियारसहित ती सैनिकलाई नियन्त्रणमा लिएको हो । 
बिहान ११ बजेतिर पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पशुपति फाटक र सुखियाबीचको सीमाना भन्ने स्थानको वैकल्पिक बाटोबाट उनीहरू पशुपतिनगर पसेका थिए । नियमित सीमा जाँचका क्रममा फाटकमा आउन खोज्दा बाटो भुलेर पशुपतिनगर बजारमा निस्किएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउपछि दार्जिलिङस्थित सैनिक हेड क्वाटरमा सम्पर्क भइरहेको प्रहरीको भनाई छ ।

No comments :

Get Widget