चट्याङबाट जोगिन यसो गर्नुस
,चैत १० । चैत र बैशाख चट्याङ पर्ने सिजन भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् । यो समयमा बढी चट्याङ पर्ने भएकाले योबेला बढी सावधानी अपनाउनुपर्ने वरिष्ठ मौसमविद मणिरत्न शाक्यले बताउनुभयो । चट्याङसँगै पानी पर्दा विद्युत्तीय चार्ज पनि सँगै जमिनमा आउने हुँदा यसले असर गर्ने गर्छ । त्यसैले चट्याङ र पानी सँगै परेको बेला बाहिर निस्कन नहुने शाक्यले बताउनुभयो । अग्लो ठाउँमा छिटो असर गर्ने भएकाले उचाईमा नबस्न, चट्याङ पर्दा फलाम लगायतका बिजुली प्रवाह हुने सामान नछुन, रुखकोमुनी ओत नलाग्न मौसमविदको सुझाव छ । घर बाहिर भएको अवस्थामा चट्याङ पर्यो भने हातले टाउको समातेर निहुरिएर बस्न उपयुक्त हुने मौसमविद शाक्यले बताउनुभयो । यस्तोबेला बाहिर हुँदा गाडीभित्र बस्दा बढी सुरक्षित हुने पनि उहाँले बताउनुभयो । वर्षाको मौसम र विशेषगरी आकाशमा बादल धुम्मिएको बेला चट्याङ पर्ने गर्छ ।

No comments :
Post a Comment