नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : दृष्टिबिहीनका लागि नेपालीमा बोल्ने कम्प्युटर
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
कम्प्युटरमा आउने जुनसुकै भाषाका अक्षरलाई पनि नेपालीमा उल्था गर्ने सफ्टवेयरको विकास भएपछि कम्प्युटर प्रयोगकर्ता दृष्टिबिहीनलाई सजिलो भएको छ ।
दृष्टिविहीनका लागि विकास गरिएको दृष्टिबाचक नामको नेपाली कम्प्युटर सफ्टवेयरमा नयाँ प्रविधिको विकास गरी अंग्रेजी लगायत कुनै पनि भाषालाई नेपालीमा परिवर्तन गर्न सकिने प्रविधि एक महिनादेखि सञ्चालनमा छ । यसका प्रवद्र्धक हिम गौतमका अनुसार कम्प्युटरमा आएका चित्र, अक्षर र लिङ्कलाई पहिचान गरेर नेपालीमा उल्था गर्ने प्रविधि कम्प्युटरको जुनसुकै भर्सनमा पनि काम गर्ने गरी विकास गरिएको छ । यसले टाइप गर्ने, इमेल ईन्टरनेट चलाउने, गेम खेल्ने या अरु मनोरञ्जनात्मक काम गर्नेलाई सहज हुने उहाँको दावी छ ।
एन्ड्रोईड मोबाईलमा पनि यसको सफल प्रयोग गर्न सकिने भएकाले दृष्टिबिहीनलाई काम गर्न सहज हुने गौतमले बताउनुभयो । दृष्टिविहीनका लागि भनेर नै विकास गरिएको दृष्टिवाचक सफ्टवेयर अहिले धेरैजसो दृष्टिविहीनले प्रयोग गरिरहेका छन् ।
यसलाई नेत्रहीन संघले निशुल्क उपलब्ध गराउने गरेको छ । कम्प्युटरमा नेपाली सफ्टवेयर राखेपछि टाइप गर्दा किबोर्डमा औंलाले थिच्दा के लेखिन्छ भनेर कम्प्युटरले भनिदिने भएकाले अंग्रेजी नजान्नेलाई पनि सजिलो बनाएको संघले जनाएको छ ।
No comments :
Post a Comment