Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिज्ञान प्रबिधि

Tuesday, 12 March 2013

बिज्ञान प्रबिधि


WI-MAX वारे केही कुरा:
१) यो ईन्टरनेटको दुनियाँमा एक अत्याधुनिक एवम् 4G मा आधारित नयाँ प्रविधी हो ।

२) यो 31 mbps को speed मा चल्न सक्छ।

३) सामान्य अवस्थामा यस्को टावर बाट ३० कि मि को दुरी सम्म र जस्तो सुकै अवरोध भए पनि १५ कि मि सम्म आनन्दले चल्छ।

४) यस्का लागि ग्राहकले outdoor वा indoor वा USB मध्य कुनै एक device
खरिद गर्नु पर्छ।

५) outdoor device राखेमा १५ कि मि, indoor device राखेमा १० कि मि र USB राखेमा ५ कि मिको दुरी सम्म राम्ररी चल्छ अर्थात WI-MAX को टावरबाट सामान्य अवस्थामा ३० कि मि र अवरोध भएमा १५ कि मि सम्म टाढाका ग्राहकले यो सुविधा लिन चाहेमा माथिका ३ device मध्य कुनै १ लीई आफ्नो घरबाट फेरी device को प्रकार अनुसार १५ वा १० वा ५ कि मि को दुरी सम्म चलाऊन सक्छन ।

६) यस्तो टावर देश भरी राखिने भएकोले ग्राहकले जुनसुकै स्थानबाट पनि यो सुबिधा लिन सक्छन ।

७) यस्मा ग्राहकलाई username र password उपलब्ध गराइने भएकोले
त्यसैको प्रयोगले यो जहाँ पनि प्रयोग गर्न सकिने भएको हो ।

८) यो सेवा बैंक तथा बित्तिय संस्था, अस्पताल, स्कुल, कलेज, ठुला होटेल, रेस्टुरेन्ट, लगायत टाढा बाट भिडियो रेपोर्टिङ् गर्नु पर्ने
पत्रकार आदीका लागि बढी उपयोगी मानिन्छ तर सबैका लागि जो जहाँ जाँदा पनि आफ्नो साथबाट ईन्टरनेट कहिल्यै नछुटोस
भन्नेका लागि पनि अती उपयोगी छ ।

यो सेवा नेपालमा तपाईं हाम्रै रोजाइको, नेपाल र नेपालीको आस्थाको केन्द्र बिन्दु, राष्ट्रको संचार, राष्ट्रिय पुर्वाधार निर्माणको एक सहयात्रि, ग्राहक
सेवामा समर्पित तथा लामो ईतिहास बोकेको एक सुपरिचित संस्था नेपाल टेलिकम (NEPAL TELECOM) ले मात्र बितरण
गरिरहेको छ । यसको औपचारिक बितरण २०६९
साल कार्तिक २७ गते सुचना तथा संचार मन्त्री श्री राजकिशोर यादवले
चलाएपछि भएको हो र अहिले नेपाल टेलिकमले
यस्लाई देशभरि युद्धस्तरमा बिस्तार गरिरहेको छ ।

यो सेवा लिने ग्राहकलाई सेवा जडान, मर्मत सम्भारमा छिटो छरितो होस् भनेर नेपाल टेलिकमले एक छुट्टै निजी कम्पनीलाई ठेक्का दिएको छ र ग्राहकको complain आउनसाथ मर्मत नभएमा उसलाई penalty वा जरिवाना लगाइने भएकोले मर्मत सम्भार राम्रो हुन्छ ।

यस्का लागि ग्राहकले एक फाराम भरी नेपाल टेलिकममा बुझाउने र निस्चित शुल्क तिरेपछी निजी कम्पनी बाट तुरुन्त सेवा जडान हुन्छ ।

No comments :

Get Widget