नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?
आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?
यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ,ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १,२ वा ४ जिबी सम्म्को ram होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो स्टार्टअप प्रोग्राम । हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा ब्यबस्टार्टअप प्रोग्राम भनेको त्यो हो जुन तपाईंको कम्प्युटर खुल्ने बित्तिकै आँफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको taskbar को shortcut icon मा देखापर्छ । यसरी देखिएका icon कम्प्युटर स्टार्ट हुने बितिक्कै आँफै खुलेका प्रोग्रामहरु हुन । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानी कि कम्प्युटरमा एउटै समयमा अन्जानमै एक भन्दा धेरै प्रोग्रामहरु चलीरहेका छन । यसमा कुनै कुनै जरुरी पनि हुन्छ तर धेरै जसो तपाईंलाई जरुरतै छैन । जतीधेरै स्टार्टअप प्रोग्राम हुन्छ त्यती नै धेरै कम्प्युटर slow हुने गर्दछ ।
त्यसैले तपाईंले यि स्टार्टअप प्रोग्रामलाई हेरेर कुन कुन प्रोग्राम आफुलाई जरुरी छ त्यसलाई मात्र enable राखी अरुलाई disable गरी आफ्नो कम्प्युटरको गतीलाई छिटो बनाउन सक्नु हुन्छ ।
कम्प्युटरको startup प्रोग्राम हेर्नको लागि:-
@ start बटन मा क्लिक गरेर Run option मा क्लिक गर्नुहोस् @ खुलेको window मा msconfig टाईप गर्नुहोस् । @ ok बटनमा क्लिक गर्नुहोस् @ System Configuration Utility को window खुल्नेछ । @ त्यहा StartUp Tab मा क्लिक गर्नुहोस् @ त्यहा आफ्नो कम्प्युटरमा चलीराखेका प्रोग्रामहरुको लिस्ट र रजिस्ट्री कि हरु देखिनेछ । @ यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई startUp बाट हटाउन चाहनु हुन्छ त्यसलाई uncheck गर्नुपर्ने हुन्छ ।
ध्यान दिनुपर्ने कुरा तपाईंले यि प्रोग्रामहरुलाई uncheck गर्दा Antivirus र अरु जरुरी प्रोग्रामहरुलाई uncheck नगर्नुहोला । सिर्फ यस्ता प्रोग्रामहरु मात्र हटाउनुहोस् जसको बारेमा तपाइलाई थाहा छ जस्तै : Winamp Agent, Google Talk, Adobe reader Launche वा अरु तपाईंले install गर्नु भएका application हरु
No comments :
Post a Comment