Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पूर्वराजा शाह नाति नातिना सहित बैंकक जाँदै, १:५५ बजे उड्ने

Wednesday, 27 February 2013

पूर्वराजा शाह नाति नातिना सहित बैंकक जाँदै, १:५५ बजे उड्ने


पूर्वराजा शाह नाति नातिना सहित बैंकक जाँदै, १:५५ बजे उड्ने




काठमाडौं, फागुन १६ (नागरिक)- पूर्व राजा ज्ञानेन्द्र शाह तथा कोमल हृदयघात भएर बैंककमा उपचार गराइरहेका छोरा पारसलाई भेट्न थाइ एयरवेज टिजी३२० बोइङ ७७७ बाट दिउसो १:५५ बजे बैंकक प्रस्थान गर्दैछन्। पूर्व राजारानीले पारस छोरा हृदयेन्द्र तथा छोरीहरु पूर्णिका र कीर्तिकालाई पनि आफूसँगै लाँदैछन्।

'सरकारहरु आजको थाइ एयरवेजको नियमित उडानबाट बैंकक प्रस्थान गरिबक्सँदैछ', पूर्वराजा ज्ञानेन्द्रका सचिव फणिराज पाठकले नागरिकन्युजसँग भने- 'दिउसो १:५५ बजेको नियमित उडानबाट सवारी हुँदैछ।' बैंकक जानका लागि १ बजे पूर्वराजा रानी विमानस्थल पुग्ने उनले जानकारी दिए। हजुरबा हजुरआमाका साथ पारस पुत्र हृदयेन्द्र तथा छोरीहरु पूर्णिका राज्यलक्ष्मी र कीर्तिका राज्यलक्ष्मी पनि बैंकक जाँदैछन्।

हृदयघात भएर एक साता अघि अस्पताल पुर्याउँदा अचेत रहेका पारसको अझै होस खुलेको छैन। प्रारम्भमा उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो। शरीरको तापक्रम थपघट हुन थालेपछि समितिभेज अस्पतालको सुनाकरिन शाखाबाट सुकुम्भित लगेर सिसियुमा राखिएको छ।

पारशको उपचारमा सहयोग गर्न हाल हिमानी बैंककमै छिन्। हृदयघात भएको दोस्रो दिन बहिनी प्रेरणा सिंहसँगै पूर्व अधिराजकुमार धीरेन्द्रकी छोरीज्वाइँ पूजा राजीव शाही, दिलाशा र आदर्शविक्रम राणा बैंकक पुगेका थिए। उनीहरू अझै उतै छन्। यसअघि नै पारसकी बहिनी प्रेरणा सिंह लगायत पूर्व राजदरबारका पारिवारिक सदस्य बैंकक पुगिसकेका छन्।

रा स स 

No comments :

Get Widget