Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : महिला चालकको खोजी

Saturday, 16 February 2013

महिला चालकको खोजी


महिला चालकको खोजी



५ फागुन, ललितपुर । आर्थिक संकटका कारण बषौं बन्द भएर फेरि सञ्चालन हुन थालेको साझा यातायातले महिला चालक र परिचालकको खोजी गर्न थालेको छ । १६ वटा बसमार्फत राजधानीका दुई रुटबाट सेवा सुरु गर्न थालेको साझाले सम्भव भएसम्म महिला चालक र परिचालकमार्फत बस सञ्चालनको तयारी गरेको छ ।

‘हामीले सकेसम्म महिलाहरु आए राम्रो भनेर दरखास्त मागेका छौं, कत्तिको सम्भव हुन्छ, हेर्न बाँकी छ,’ साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले भने कान्तिपुरमा खबर छ । पहिलो पटकको विज्ञापनका क्रममा केही महिला सवारीचालकले समेत आवेदन दिएपछि साझाले महिलालाई नै प्राथमिकतामा राखेर दरखास्त आह्वान गरेको हो ।

यही महिनादेखि बस सञ्चालन गर्ने लक्ष्यका साथ साझाले ५४ सिटे १६ वटा बस खरिद गरिसकेको छ ।

No comments :

Get Widget