Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कस्तो होला एप्पलको अत्याधुनिक घडी ???

Wednesday, 27 February 2013

कस्तो होला एप्पलको अत्याधुनिक घडी ???


कस्तो होला एप्पलको अत्याधुनिक घडी ???



एप्पल कम्पनी ग्याजेटको दुनियामा नम्वर वान छँदैछ । आफ्नो यहीँ पहिचानलाई कायम राख्दै एप्पलले अत्याधुनिक घडी आइ वाच समेत बनाउने भएको छ । निकै अत्याधुनिक हुने भनिएको उक्त एप्पलको घडी एप्पलको आइफोन अपरेटिङ सिस्टमबाट संचालित हुनेछ ।



एप्पलको घडी कुनै चानचुने घडीजस्तो हुनेछैन । यसको पछाडिपट्टी एक सिम स्लट हुनेछ जसको मद्धतबाट घडीवालाले आफ्नै घडीमा इन्टरनेट समेत चलाउन सक्नेछ । साथै यो घडीमा एउटा क्यामेरा पनि हुनेछ, जसबाट केवल फोटो खिच्ने मात्र होइन भिडियो समेत रर्ेकर्ड गर्न सकिनेछ ।

समाचार अनुसार यो अत्याधुनिक घडीको निर्माणका लागि एप्पलले इन्टेल कम्पनीसँग सहकार्य गरिरहेको छ । यो घडी १.५ इन्चको ओएलइडी स्त्रिmनमा उपलब्ध हुनेछ ।

एप्पलले आउँदो वर्षभत्रमा यो आइवाच र्सार्वजनिक गर्ने तयारीका साथ काम गरिरहेको बताइएपनि कम्पनी आफैले भने यो बारेमा कुनै सूचना र्सार्वजनिक गरेको छैन ।

No comments :

Get Widget