भारतमा ३ दिदीबहिनीको बलात्कारपछि हत्या
मुम्बई, फाल्गुन १० - भारतको महाराष्ट्र राज्यको बहान्दा जिल्लामा तीन दिदीबहिनीको बलात्कारपछि हत्या भएको छ । पश्चिमी भारतको ग्रामीण इलाकामा यो पीडादायी घटना भएको हो । ती दिदीबहिनीको बलात्कारपछि हत्या गरिएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । पुरिएको उनीहरूको शवलाई प्रहरीले बरामद गरेको छ ।
उनीहरू ६ देखि ११ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ । ती स्कुले छात्रा विद्यालयबाट घर फर्किंदै गरेको बेला फेब्रुअरी १४ मा हराएका थिए । उनीहरूको शव विद्यालय पोसाक, झोला र खाजाका साथमा भेटिएको थियो ।
पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या गरिएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । व्यापक अनुसन्धान भए पनि अहिलेसम्म दोषी फेला परेको छैन ।
प्रारम्भिक अनुसन्धानमा चारजनालाई नियन्त्रणमा लिइएको छ । गत डिसेम्बरमा मात्र भारतको नयाँ दिल्लीमा २३ वषर्ीया युवतीमाथिको बलात्कार र हत्याका कारण देशव्यापी रूपमा विरोध प्रदर्शन भएको थियो । त्यसपछि भारत सरकारले बलात्कारीलाई त्यसको प्रकृति हेरेर मृत्युदण्डको कारबाही पनि हुन सक्ने कानुन बनाएको छ । यो पछिल्लो घटनाका विरुद्धमा पनि उक्त जिल्लामा गाउँलेहरू आन्दोलित भएको बताइएको छ
No comments :
Post a Comment