~~~~~~~~~ गजल ~~~~~~~~~
भो समय खेर फाली , भयो कुरेर नबसौं
एक नम्बरी गफाडी , उनको कुरामा नफसौं
कुरा त उम्लिन थाल्यो , तातो पानीले पोल्ला है
बसी राखे बिताउलिन , लौ हिंड कम्मर कसौं
भाले बास्न थाली पोथी , भोलि घोडा चढ्नेछ
थाहा हुँदाहुँदै चढेर , त्यो धुरीबाट नखसौं
नजान्ने बाटो लागेर , दशा निम्त्याउनु छैन
डर लाग्छ आफूलाई , महेन्द्र गुफा नपसौं
बेलैमा होश पु¥याउँ , कतै जोगी बनाई देला
मन्दिरको जोगीले झैं , धुलो खरानी नधसौं ।
श्रीराम श्रेष्ठ

No comments :
Post a Comment