नेवार समुदायको विशेष पर्व- म्ह पूजा
नेवार समुदायको विशेष पर्व- म्ह पूजा
यमपञ्चकको चौथो दिन सम्पूर्ण नेवार समुदायले मनाउने 'म्ह पूजा' नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ। शरीरको सेवाबाट स्वस्थ र पवित्र बन्न सकिने मान्यताअनुसार म्हः पूजा विभिन्न जाति र धर्ममा विभाजित रहेका सम्पूर्ण नेवारद्वारा स्वीकारिएको छ। नेपाल भाषामा म्हः को अर्थ शरीर हुन आउँछ तसर्थ यसको समग्र अर्थ शरीरको पूजा हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी ‘म’ र ‘परमात्मा’ बीच कुनै अन्तर नभएको अनुभूति गरेर शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ। ब्रह्माण्डकै स्वरूप रहेको मानवशरीरमा सबै प्रकारका धर्म र कर्म प्राप्तिका प्रमुख साधन रहेकाले विश्वका सबै धर्मले यस शरीरलाई ईश्वरसँग भेट्ने र ईश्वरलाई बुझ्ने मन्दिरका रूप लिन सकिन्छ। समग्र देवता, ऊर्जाशक्ति, विश्वब्रह्माण्ड मानव शरीरभित्र नै रहेको हुन्छ र त्यहीं परमेश्वरको निवास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको हो। वेद, गीता, उपनिषद्, पुराण, बौद्ध दर्शन, जैन दर्शन, नेपाली तथा नेपाल भाषा वाङ्मयका साथै कुरान, बाइबल, आदि सबै धर्मग्रन्थमा आत्मोद्धारका बारेमा चर्चा गरिएको पाइन्छ। यो पर्व कहिलेदेखि सुरु भएको हो भनेर निर्क्यौल गर्ने प्रमाण त छैन तर कुनै समयमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेकाले धेरै मानिसको क्षति हुन गएको र त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास गरिन्छ। सबै प्रकारका धार्मिक, साँस्कृतिक, सामाजिक, राजनीतिक आदि कर्म गर्न सकिने स्वस्थ शरीरको आकांक्षा र कामना गरिने यस पर्वलाई यमपञ्चकभित्रकै समयमा सम्पादन गरिने हुनाले यो पर्व पनि यमपञ्चकको सुरुवातसँगै प्रारम्भ भएको हुनुपर्छ। स्वस्थ शरीरभित्रको स्वस्थ मनबाट मात्र ब्रह्मको चिन्तन हुन सक्ने हुँदा त्यसको प्राप्तिका लागि शरीरलाई शुद्ध बनाएर मनलाई स्थिर राख्नका निमित्त यो पूजा प्रचलनमा आएको हो। शरीरको अनुपस्थितिमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने भएकाले शरीर भित्रको चैतन्यलाई उजागर गर्ने सन्दर्भमा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रमअनुसार पूजा गर्नुपर्छ। शरीरभित्र रहेको चेतनाको परमतत्त्वलाई प्रतिनिधित्व गराउने करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्ज्वलित दीपलाई मानवदेहको प्रतीकका रूपमा परिकल्पना गर्ने परम्परा छ। म्ह पूजा गर्नका निमित्त मण्डलको निर्माण गरी त्यसमा अङ्गदेवताका रूपमा ब्रह्मा, विष्णु, महेश्वर, यमराज र यमुनाको विभिन्न विशेषतः सयपत्रीको फूल र अन्य पूजासामाग्री चन्दन, अक्षता आदिले पूजा गरिन्छ र अङ्गी देवता अर्थात् मुख्य पूजा योग्य वस्तुका रूपमा आफ्नै शरीरलाई प्रतिस्थापन गरिन्छ। यस कर्मको सम्पादन गर्दा विशेषतः आफूले आफूलाई यथार्थ धरातलमा रहेको अनुभूति हुने गर्दछ। उक्त पूजाविधि सम्पादन गर्न आचार्य, पुरोहित वा बाहुनको आवश्यकता हुँदैन र निश्चित शुभसाइत पनि तोकिएको हुँदैन। म्ह पूजाका दिन हिन्दू नेवारहरूले मात्र होइन, बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने प्रचलन छ। नेवार समुदायका बौद्ध अनुयायीले गर्ने म्हपूजाको स्रोत उही र उस्तै भए पनि पूजाको शैली भने भिन्न छ। यस सम्प्रदायमा विभिन्न नौ किसिमका गेडागुडीको प्रयोग गरी मण्डल निर्माण गरिन्छ। मण्दलको मध्यभागमा सौर्यमण्डलको गोलो आकारको कल्पना गरी एउटा गेडागुडीको दानो र त्यसका आठवटा कुनामा विश्वब्रह्माण्डको प्रतिनिधित्व हुने गरी अष्ट दिकपालको प्रतिष्ठा गरी मण्डल निर्माण गरिएको हुन्छ। यसका साथै त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), यमराज, कुलदेवता आदिको समेत स्थापना गरी बौद्ध नेवारले म्हपूजा गर्ने गर्दछन्। त्यस्तै बौद्ध अनुयायीहरू मण्डलको दाहिनेतर्फ विशेष तरिकाले तैयार गरिएको लामो धागो राखी बालिएको तेलको दियोलाई यस पूजाको आरम्भदेखि अन्त्यसम्म अविच्छिन्नरूपमा प्रज्ज्वलित हुनु आवश्यक ठान्दछन्, अनि त्रिरत्न र लोकपालको पूजापश्चात् घरमूलीले अनिवार्य पूर्वदिशातिर फर्केर म्हःपूजा गर्नुपर्ने र अरु सदस्यले आफ्नो अनुकूलअनुसारको आसनमा रहेर शरीरको पूजा गर्ने प्रचलन रहेको छ।
साभार
शाझा सस्कृति

No comments :
Post a Comment