Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : यार्सा गुम्बा समन्धी जानकारी

Sunday, 18 November 2012

यार्सा गुम्बा समन्धी जानकारी











यार्सा गुम्बा समन्धी जानकारी 


























एक बहुमुल्य जडिबुटि हो । विश्वमा अहिले
सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac
fungus)का ६८० भन्दा बढी प्रजातीहरू
पत्तालागेका छन् । यी मध्ये

सबैभन्दा परिचित ढ
ुसी यार्चागुम्बालाई
अंग्रेजीमा Caterpillar
fungus भनिन्छ । यसको बैज्ञानिक नाम
Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू
cord "club", ceps "head" र
चिनीयाँ भन्ने
अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम
Cordyceps Sinensis राखिएको हो ।
यार्सागुम्बा नेपाल र
तिब्बतको हिमाली भागमा पाईने एक
प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र
सतहबाट ३,००० मीटर देखी ६,०००
मीटरको उचाईमा पाइन्छ । यसलाई
तिब्बती भाषामा यार्साकुन्भु
तथा यार्सागुन्बु भनिन्छ ।
जसमा 'यार'को अर्थ बर्षा,'सा'को अर्थ घाँस
र 'कुन्भु'को अर्थ हिउँदे किरा अर्थात
बर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ
। यार्सागुम्बा एक
प्रकारको झुसिलकिराको टाउकोबाट
ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद
सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र
बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ,
त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन ।
सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन
मुनि पुग्छ र उक्त
झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ ।
यसको जमीन माथिको ढुसी च्याउ
खैरो रंगको र जमीन मुनिको भाग
पंहेलो रंगको हुन्छ । जमीन मुनिको भाग ४ मि.
मि. मोटो र ४ से. मि.
जति लामो तथा माथीको भाग मसिनो ५-६
से. मि. जति लामो हुन्छ ।
साभार खोजतलास 

No comments :

Get Widget